तमु समाज युकेको देउसी–भैलो

SHARE:

शिवशरण गुरुङ
लन्डन । तमु समाज युकेले विगतका वर्षहरुझै यस वर्ष पनि नेपालीहरुको चाड तिहारको अवसरमा गत ८ नोभेम्बर २०१८ (गोवर्धन पूजा)को दिन आफ्नै कम्युनिटी सेन्टर बरहाम पार्क वेम्ब्ली लन्डनमा देउसी–भैलो कार्यक्रम आयोजना गर्यो‍ ।
प्रवासमा नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्दै नयाँ पुस्तामा स्वर्णीम संस्कृतिको सकारात्मक सन्देश प्रवाह गर्न, समाजका सदस्यहरु तथा शुभचिन्तकबीच पारस्परिक सम्बन्धलाई सबल, प्रगाढ र सुमधुर बनाउनुको साथै तमु समाज युकेको बहुउद्देशीय सामाजिक भवन खरिद परियोजनाका निम्ति आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले देउसी भैलो कार्यक्रमको आयोजना गरिएको हो । सो देउसी भैलो कार्यक्रममा सबैले मन खोलेर सहाभागिता जनाउँदै दान दिएका थिए ।

समय अभावका कारण भैलरीहरु सबैको घर–घर जान सम्भव नभएपनि फुर्सद भएका सबै सदस्य र शुभचिन्तकहरु सामूहिक रुपमा आफ्नै कम्युनिटी सेन्टरमा भेला भएर धैरैले दान सहयोग प्रदान गरेका थिए । विविध कारणबाट कार्यक्रममा सहभागी बन्न नसकेका कतिपय सदस्य तथा शुभचिन्तकहरुले अनलाइन बैंकिङबाट पनि दान रकम दिएर सहयोग गरेका थिए । दान दिने सदस्य तथा शुभचिन्तकहरुलाई तमु समाज युकेका अध्यक्ष शिवचन्द्रद्रगुरुङ र आमा समुहका अध्यक्ष बिन्दु घलेले हार्दिक धन्यवादसहित तिहारको शुभकामना कार्ड प्रदान गरेका थिए ।

आफ्नो समाजको पबित्र उद्देश्यका निम्ति सकेको सहयोग गरौं भन्ने भावनाबाट उत्प्रेरित सबैको स्वस्फूर्त सहभागिता, सहयोग र योगदानले नै विगतका वर्षहरुझै यसपटक पनि उल्लेख्य दान रकम संकलन गर्न सफल भएको छ । यसले समाजका सदस्यहरु र शुभचिन्तकहरु बीचको पारस्परिक समझदारी, लगनशिलता र दरिलो एकता प्रतिबिम्बित गरेको छ ।

तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङको अध्यक्षतामा महासचिव हर्कबहादुर गुरुङले सञ्चालन गरेको देउसी भैलो २०१८ कार्यक्रममा फुर्सद भएका सदस्यहरु र आमा समूहका आमाहरु, जेष्ठ नागरिकहरु तथा दिदिबहिनीहरु मौलिक पहिरनमा सजिएर सक्रिय सहभागिता जनाएका थिए ।

समाजका अध्यक्ष गुरुङ, आमा समुहका अध्यक्ष बिन्दु घले र जेष्ठ नागरिक टुल्की गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी आरम्भ गरेको कार्यक्रममा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्वअध्यक्ष शिवशरण गुरुङ र निवर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङको विशेष उपस्थिति रहेको थियो । सो कार्यक्रममा नेपालदेखि बेलायत भ्रमणमा आएका लोकप्रिय गायिका कला लम्साललाई स्वागत तथा सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । सम्मान कार्यक्रमपछि गायिका लम्सालले विविध गीतहरु प्रस्तुत गरेर देउसी भैलो कार्यक्रममा उपस्थित सबैलाई भरपूर मनोरञ्जन गराएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!