गोर्खा वेलफेयर एडभाइस सेन्टर (GWAC), अल्डरसटमा एउटा रिसेप्सेनिस्ट कर्मचारीको अवास्यक

SHARE:

बेलायत – गोर्खा वेलफेयर ट्रष्टका प्राबिधिक अधिकृत मेजर बिष्णु कुमार पुनले गोर्खा वेलफेयर एडभाइस सेन्टर (GWAC), अल्डरसटमा एउटा रिसेप्सेनिस्ट कर्मचारीको अवास्यक रहेको हुँदा एउटा सूचना जारी गर्नु भएको छ। सो सूचना यस तल राखिएको छ।

हामी अल्डरसटस्थित गोर्खा वेलफेयर एडभाइस सेन्टर (GWAC) को टोलीमा आबद्ध भई कार्यालय, लेखन र प्रशासनिक सहायता प्रदान गर्नका लागि एकजना रिसेप्सेनिस्ट कर्मचारी (Receptionist) को खोजीमा छौँ।

यस पदको मुख्य उद्देश्य अल्डरसट केन्द्रद्वारा प्रदान गरिने सेवाहरूलाई चुस्त र प्रभावकारी बनाउनु हो। यो एक वर्षको निश्चित अवधिको (Fixed-term) सम्झौता हो।

भूतपूर्व गोर्खा सैनिकहरू र उनीहरूका एकल महिलाहरूलाई (Widows) संयुक्त अधिराज्य (UK) मा सफलतापूर्वक बसोबास गर्न मद्दत गर्ने गोर्खा वेलफेयर ट्रस्टको कार्यमा योगदान दिन चाहनेहरूका लागि यो भूमिका एक उत्साहजनक अवसर हो। सफल उम्मेदवार अंग्रेजी र नेपाली दुवै भाषामा दक्ष हुनुका साथै ‘ब्रिगेड अफ गोर्खाज’ का सेवानिवृत्त समुदाय, नेपाल र नेपाली संस्कृतिको राम्रो बुझाइ भएको हुनुपर्नेछ। साथै, उम्मेदवारसँग स्वागत कक्ष वा समान प्रशासनिक सहायताको क्षेत्रमा उच्च स्तरको ग्राहक सेवा प्रदान गरेको अनुभव हुनु अनिवार्य छ।

पदको विवरण र शीर्षकको विवरण

पद: रिसेप्सेनिस्ट – Receptionist (प्रसूति बिदाको सट्टामा/Maternity Cover)।

कार्यस्थल: गोर्खा वेलफेयर एडभाइस सेन्टर, अल्डरसट।

तलब: वार्षिक £२३,५०० देखि £२५,५०० सम्म (अनुभवको आधारमा)।

करारको प्रकार: १ वर्षको निश्चित अवधि (Fixed-term)।

सुरु हुने मिति: अप्रिल २०२६।

कार्य समय: पूर्णकालीन (हप्ताको ३७.५ घण्टा, सोमबारदेखि शुक्रबार), कार्यालयमै उपस्थित हुनुपर्ने।

वार्षिक बिदा: २५ दिन र सार्वजनिक बिदाहरू (Bank Holidays)।

सुविधाहरू: आकर्षक पेन्सन योजना (रोजगारदाताको तर्फबाट १०% सम्म योगदान); निजी स्वास्थ्य बिमा; कर्मचारी सहायता कार्यक्रम (EAP) को सुविधा ।

आवेदन दिने अन्तिम मिति: उपयुक्त आवेदनहरू प्राप्त हुनासाथ अन्तर्वार्ताहरू सञ्चालन गरिनेछ।

कार्यको भूमिका (About the Role)

रिसेप्सेनिस्ट कर्मचारी (Receptionist) “गोर्खा वेलफेयर एडभाइस सेन्टर अल्डरसट” को मुख्य अनुहार हो। तपाईंको मुख्य जिम्मेवारी फोन उठाउने र सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्ने, सुरुवाती सोधपुछहरू सम्बोधन गर्ने र सेवाग्राहीका समस्याहरूलाई सम्बन्धित वेलफेयर सल्लाहकारहरूसम्म पुर्‍याउनु हुनेछ।

तपाईंले कार्यालयमा आउने आगन्तुक र ग्राहकहरूलाई स्वागत गर्ने तथा आवश्यकता अनुसार अपोइन्टमेन्टहरू (भेटघाटको समय) मिलाउनु पर्नेछ। साथै, नयाँ ग्राहकहरूको दर्ता गर्ने, डाटाबेसमा उनीहरूको विवरण अध्यावधिक गर्ने र अनुवाद तथा दोभासे (Translation and Interpreting) कार्यमा सहयोग गर्ने जिम्मेवारी पनि तपाईंको हुनेछ। वृद्ध भूतपूर्व गोर्खाहरूलाई सहयोग गर्न र विभिन्न बाह्य संस्थाहरूसँग समन्वय गर्न तपाईंले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेछ।

सोधपुछका लागि (Queries)
थप जानकारीका लागि निम्न फोन नम्बर वा ईमेलमा सम्पर्क गर्न सक्नुहुन्छ:

फोन: 01722 343111 वा 01252 329460

ईमेल: hr@gwt.org.uk

आवेदन कसरी दिने?
कृपया आफ्नो बायो-डाटा (CV) र यस पदको लागि तपाईं किन योग्य हुनुहुन्छ भन्ने खुल्ने प्रमाणित पत्र (Supporting Statement) हाम्रो HR टोलीलाई यस ईमेलमा पठाउनुहोस्: hr@gwt.org.uk

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!