रब लिभर
वासिङ्टन । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलाे छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ ।
एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ताका लागि नयाँनयाँ विशेषतायुक्त स्मार्टफोन उत्पादन गरिरहे पनि पछिल्लो समय स्मार्टफोनको बिक्री घट्न थालेको पाइएको छ । विश्वका ठूला बजारमा यी फोनको मागमा कमी आएको छ । स्मार्टफोनको प्रयोगलाई जीवन्त राख्न चाँडै प्रयोगमा आउन लागेको पाँचौं पुस्ताको तारविहीन नेटवर्क अर्थात् फाइभजीले सहयोग गर्ने अनुमान गरिएको छ । तर कतिपय विश्लेषकहरुले स्मार्टफोनलाई अरु कुनै बिल्कुलै भिन्न उपकरणले बिस्थापित गर्ने सम्भावना औंल्याएका छन् ।
फ्युचर टुडे इन्स्टिच्यूटका संस्थापक आमी वेबले प्रविधिको बदलिँदो झुकावसम्बन्धी वार्षिक प्रतिवेदनमा सन् २०१८ ले परम्परागत स्मार्टफोनको अन्त्यको सुरुआत गर्ने उल्लेख गर्नुभएको छ । उहाँले अबको युगमा यी उपकरणहरु आवाज, सङ्केत र सम्पर्ककै माध्यमबाट चल्नेछन् ।
“स्मार्टफोनबाट स्मार्ट वेयरेबल्स (लगाउनयोग्य वस्तु) र अदृश्य इन्टरफेसतर्फको रुपान्तरणले भौतिक संसारमा आज हामीले अनुभूत गरिरहेका कुराहरुमा आमूल परिवर्तन ल्याउनेछ । जस्तै, कानमा राखेर सुन्ने वस्तुमा बायोमेट्रिक सेन्सर र स्पिकर रहनेछ, औंठी र ब्रासलेटले चाललाई थाहा पाउनेछ, स्मार्ट ग्लासले सूचनाहरु रेकर्ड गर्ने र देखाउनेछ,” वेबले लेखेका छन् ।
बजारमा केही रोकावट आए पनि अरु कतिपय विश्लेषकहरुले स्मार्टफोनलाई तत्कालै विस्थापन गर्न नसकिने बताएका छन् ।