अल्डरसट, बेलायत- गैर-आवासीय नेपाली संघ (NRNA) युकेले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) भित्र देखिएका भ्रष्टाचारका मुद्दाहरू र ४ मे २०२५ मा महेश श्रेष्ठसँग भएको सहमतिको विषयलाई लिएर एक विशेष अन्तर्क्रिया तथा खुला बहस कार्यक्रम आयोजना गर्ने भएको छ।
संघभित्र पछिल्लो समय चुलिँदै गएका विवाद र संस्थागत शुद्धीकरणका विषयमा केन्द्रित रहेर यो कार्यक्रम आयोजना गर्न लागिएको हो।
अन्तरक्रिया आइतबार, १ फेब्रुअरी २०२६ का दिन ठमेल रेष्टुरेन्ट, अल्डरसट (Thamel Restaurant, Aldershot) आयोजना हुने भएको छ
खुला र पारदर्शी बहस NRNA UK का अनुसार यो कार्यक्रम पूर्ण रूपमा खुला, सार्वजनिक र सञ्चारमैत्री हुनेछ। संस्थाको भविष्य र छविसँग जोडिएका संवेदनशील विषयहरूमा सत्य-तथ्य बाहिर ल्याउने र आम गैर-आवासीय नेपालीहरूलाई सुसूचित गराउने उद्देश्यले यो बहसको आयोजना गरिएको आयोजकले जनाएका छन्।
आयोजकले बेलायतस्थित सम्पूर्ण नेपाली सञ्चारकर्मी तथा पत्रकारहरूलाई यस कार्यक्रमको प्रत्यक्ष रिपोर्टिङ र कभरेजका लागि हार्दिक निमन्त्रणा गरेको छ। कार्यक्रममा सरोकारवाला पक्षहरूबीच हुने छलफलले एनआरएनए भित्रको वर्तमान गतिरोध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।






