बेलायतमा बसोबास गर्ने अधिकांश नेपालीहरु भूतपूर्व सैनिक र उनको परिवारहरु हुन् । ब्रिटिस आर्मीमा भर्ती भएका नेपालीहरुले बेलायतमा बसोबास गर्ने अधिकार पाएपछि बेलायतमा नेपालीहरुको संख्या ह्वात्तै बढेको हो ।

बेलायतका विभिन्न स्थानमा नेपालीहरु छरिएर बसेको भए तापनि बेलायती सैनिकको इतिहास जोडिएको ऐतिहासिकस्थल अल्डरसट वरिपरि भने नेपालीहरुको बाक्लो बसोबास रहेको पाइन्छ । बसोबास सँगसँगै नेपालीहरुले आफ्नै विभिन्न पेसा र व्यवसायहरु गर्दै आएका छन् । ती पेसाहरुमा पनि विशेषगरी नेपाली खाना, सरसामान, पोशाक र गरगहनामा धेरैको आकर्षण छ ।
अल्डरसट सानो सहर भए तापनि नेपालीहरुको चहलपहल भने निकै बाक्लो देखिन्छ । अहिले अल्डरसटमा करिब ६० वटाभन्दा बढी नेपालीहरुले आफ्नै व्यवसाय सञ्चालन गरेका छन् । सबैभन्दा बढी धेरै ग्रोसरी, रेस्टुरेन्ट, हेयर एन्ड व्युटी र सुनचाँदी पसलहरु छन् । ९ वटा सुन चाँदीको पसलमध्ये एक हो, ‘गोर्खा बुलियन एण्ड भल्ट ।’
के हो गोर्खा बुलियन एण्ड भल्ट ?
गोर्खा बुलियन एण्ड भल्ट सुन चाँदीको थोक बिक्रेता हो । सामान्य अर्थमा बुझ्ने हो भने बुलियन एण्ड भल्ट भनेको काँचो सुनलाई विभिन्न आकर्षक गरगहनामा परिणत गर्नु हो । ठूल्ठूला होलसेलबाट काँचो सुन खरिद गर्ने र स्थानीय सुन पसलेहरुलाई होलसेलमा काँचो सुनचाँदी बिक्री गर्ने । त्यस्तै, विभिन्न डिजायनका तयारी नेपाली गरगहनाहरु खुद्रामा समेत बिक्री गर्दै आएको सुनचाँदीको पसल हो, ‘गोर्खा बुलियन एण्ड भल्ट’ ।

कसरी सुरु भयो गोर्खा बुलियन ?
“सुन तथा चाँदीको गरगहनामा लगाउने नेपालीहरुको परम्परादेखि चल्दै आएको एउटा संस्कार हो । अहिले नेपालीहरु जहाँ भए पनि आफ्नो परम्परा तथा संस्कारलाई निरन्तरता दिँदै आएका छन् । बेलायतमा बसोबास गर्ने नेपालीहरुले आफ्नो संस्कारलाई पछ्याउँदै गरगहनाप्रति आकर्षण हुँदै आयो । त्यसमा पनि अल्डरसटमा थुप्रै सुनचाँदी पसलहरु खुलिसकेको अवस्था थियो । ‘हामीले त्यसैलाई मध्यनजर राख्दै सुन तथा चाँदीको होलसेल पसलको रुपमा आजभन्दा ३ वर्षअघि अल्डरसटस्थित भिक्टोरिया रोडमा ‘गोर्खा बुलियन एण्ड भल्ट’ को नामले सुरु गरेका हौं’ सञ्चालक प्रशान्त थापाले भने ।
सुनचाँदीबाहेक अरु के के छन् त ‘गोर्खा बुलियन एण्ड भल्ट’ भित्र ?
‘गोर्खा बुलियन एण्ड भल्ट’ भन्नेवित्तिकै सुन चाँदीको कारोबारमात्र हुने बुझिन्छ तर यसभित्र सुनचाँदी मात्र होइन अरु कारोबारहरु हुन्छन् । सुरुमा सुनचाँदीको खरिद बिक्री गर्ने उद्देश्यले व्यवसाय सुरुआत गरिए तापनि अहिले नेपालीसँग सम्बन्धित थुप्रै कारोबारहरु थपेका छन् । ती यस प्रकार छन् ।
काँचो सुन होलसेल मूल्यमा : होलसेलमा सुन तथा चाँदी खरिद तथा बिक्री । विभिन्न डिजायनका तयारी नेपाली गरगहनाहरुको खरिद तथा बिक्री गरिन्छ । प्रतिमहिना करिव १५ केजी सुनको कारोबार हुँदै आएको छ ।
नेपाली गहना : नेपाली परम्परादेखि चल्दै आएको विभिन्न पुराना तथा नयाँ खालका गरगहनाहरु खरिद तथा बिक्री गर्दै आएको छ । तपाईलाई मनपर्ने गरगहनाको अर्डरसमेत लिन सकिने व्यवस्था गरेको छ ।
लाईभ गोल्ड : गोर्खा बुलियन एण्ड भल्टले आफ्नो वेभसाईटमार्फत हरेक ३/४ सेकेण्डमा सुनको दरभाउ लाईभ जानकारी दिँदै आएको छ ।
सिल्भर रेट: त्यस्तै चाँदीको दरभाउ पनि लाईभ जानकारी गराउँदै आएको छ ।
पेपर गोल्ड: साथै पेपर गोल्डको समेत सुविधा रहेको छ । पेपर गोल्ड भन्नाले काँचो सुन खरिद गरी त्यहाँनै राख्नु हो । सुनको व्यापार गर्न चाहनेहरुका लागि यो राम्रो अवसर पनि हो ।
लकर सुविधा :
विशेषगरी चोरहरुले नेपालीहरुको घरलाई लक्षित गरी सुन लैजाने क्रम बढ्दै गएपछि सुरक्षाका लागि लकर सेवाको सुरुआत गरिएको सञ्चालक दिपक गुरुङ बताउँछन् । उनका अनुसार, गोर्खा बुलियन एण्ड भल्टमा अहिले ७० वटा लकरको सुविधा छ । जसको सानो लकरलाई वार्षिक १२० पाउन्ड र ठूला भए १७० पाउन्ड शुल्क लिने गरिन्छ । त्यसको अतिरिक्त ३० पाउन्ड डिपोजिट राखिन्छ ।
हवाई टिकट : विशेषगरी नेपाली ग्राहकहरुलाई लक्षित गरी नेपाललगायत संसारका विभिन्न सहरहरुमा हवाई टिकटको बिक्री वितरण गर्दै आएका छन् ।
सामान पठाउन सहज (कार्गो सेवा) : नेपालमा सामान पठाउन नेपालीहरुले निकै कठिनाई भोगिरहेको देखेपछि आपूmहरुले कार्गो सेवाको पनि सुरुआत गरिएको बताउँछन् । संचालकका अनुसार नेपालका विभिन्न सहरमा आपूmहरुले सामान पठाउँदै आएको छ । विशेषगरी लत्ताकपडा र इलेक्ट्रिक सामानहरु बढी हुने गर्दछ । तर, इलेक्ट्रीक सामानको भने नेपालमा भन्सार तिर्नुपर्दछ । उनीहरुले भंसारबारे ग्राहकहरुलाई बुकिङ्गकै समयमा जानकारी गराउँदछ । तर, रक्सी र सुन पनि कार्गो नहुने बताउँछन् । आफूहरुले सो सेवाको आरम्भ गरेपछि थुप्रै नेपालीहरुलाई सुविधा पुगेको सञ्चालकहरुको भनाइ छ ।
पैसा पठाउन सहज
गोर्खा बुलियन एण्ड भल्टले विशेषगरी नेपाली ग्राहकहरुलाई लक्षित गरी आईएमई/रियामार्फत नेपालभर पैसा पठाउने सुविधासमेत थपेको छ । यहाँ पैसा बुझाउनेबित्तिकै पिन नम्बरको आधारमा नेपालमा पैसा पाइने भएको हँुदा यस सेवाले पनि नेपालीहरुलाई धेरै सुविधा पुगेको छ ।
गोर्खा वाचेच् (घडी)

वीर नेपाली गोर्खालीहरुको पहिचानको रुपमा रहेको खुकुरीलगायत गोर्खा वाचेच् (घडी) पनि गोर्खा बुलियन एण्ड भल्टको अर्को परिचय हो । महिला तथा पुरुषका लागि विभिन्न डिजायनका खुकुरी अंकित घडीहरु केही वर्षदेखि बिक्रीवितरण गर्दै आएको छ । नेपाल, हङकङ, युरोपका विभिन्न देश, अस्टे«लिया, बु्रनाई र चीनलगायत संसारका विभिन्न सहरहरुमा गोर्खा वाचेच बिक्री हुने गर्दछ । बुलियन एण्ड भल्टका दिपक गुरुङ भन्छन्, ‘घडीको माग एकदमै धेरै छ’, नेपालीहरु मात्र होइन, आर्मीमा कार्यरत सैनिक, विभिन्न समुदायका सैनिक तथा गैरसैनिकहरुले पनि गोर्खा वाचेच् खरिद गर्ने गर्दछन् ।
कारोबार समय: गोर्खा बुलियन एण्ड भल्ट साताको सातै दिन बिहान १० देखि साँझ ६ बजेसम्म खुल्ने गर्दछ । र, अनलाईनमार्फत पनि कारोबार गरिने सकिने छ ।
आबद्धता: यस भल्टमा पूर्व ब्रिटिस गोर्खा सैनिकसमेत रहेका प्रशान्त थापा, सिर्जना पौडेल र दिपक गुरुङ सुरुदेखि नै आवद्ध छन् । उनीहरु सँगसँगै अन्य ४ जनालाई समेत रोजगारी दिन सफल भएको छ ।
सम्पर्क: गोर्खा बुलियन एण्ड भल्टको बारे थप जानकारी चाहिएमा वा सुन तथा चाँदीलगायतका सेवाहरु चाहिएमा गोर्खा बुलियनको वेभसाइटमा दिइएको फोन नम्बर वा ईमेलमार्फत वा सीधै पसलमा गएर सम्पर्क राख्नु सक्नु हुनेछ ।
प्रस्तुति : पूर्ण गुरुङ, गोर्खा इन्फरमेशन म्यानेजमेन्ट लिमिटेड






