लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय र सचिवमा ज्ञानु चयन

SHARE:

लन्डन ३० जनवरी २०२६ । लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन भएका छन् । समाजको २४ जनवरी २०२६ मा आस्फोर्डमा भएको छैटौं अधिवेशनले विजयको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

‍कार्यसमिति उपाध्यक्षहरुमा दिलु मादेन, सृजना सम्बाहाङफे र लाहाङ चेम्जोङ, सचिव ज्ञानु फुरुम्बो चरपे, सहसचिव योबाहाङ तुम्बाहाङफे, कोषाध्यक्ष सुन्दर लिङथेप, सहकोषाध्यक्ष टिका मादेन चुनिए ।

यस्तै लिम्बुवानी सम्पदा तथा सांस्कृतिक विभागीय प्रमुख र उपप्रमुख क्रमश: भगवती थलङ र कमल अन्छङबो निर्वाचित भए ।

सदस्यहरुमा जितेन्द्र चेम्जोङ, शुभ नेम्बाङ, बिना योङहाङ, दिल फोम्बो, दिल लाबुङ, सुरेन्द्र थेबे, रिता इजम, उर्मिला थक्लुङ, बिजय पयाङगु, प्रताप लिम्बु, थान नाल्बो, निरज माबोहाङ, रितु नाल्बो र महेश लिम्बु निर्वाचित भए ।

नयाँ कार्यसमिति चयनका लागि संयोजक नरेन्द्र माबोहाङ, सचिव राजेन्द्र खिम्दिङ र सदस्य मनमाया नेम्बाङ रहेको निर्वाचन समिति निर्माण गरिएको थियो ।

तुम्याहाङ तथा पूर्वअध्यक्ष दिल सम्बाहाङफेको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनले सचिव लाहाङ चेम्जोङले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष सुन्दर लिङथेपको आर्थिक प्रतिवेदन र अध्यक्ष छत्र वनेमले प्रस्तुत गरेको पुरस्कार समन्धित प्रतिवेदनलाई व्यापक छलफल गरी पारित गरेको छ ।

अतिथिहरु गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्‍का उपाध्यक्ष विश्वास दीप तिगेला, लिनासका सल्लाहकार लोकेन्द्र तबेबुङ, संस्थापक मिडिया सचिव तथा कियाचुका पूर्वाध्यक्ष डम्मर सिंघक, याक्थुङ कल्चर एन्ड हेरिटेजका संयोजक गणेश इजम, कियाचु केस टंक येङदेन, कियाचु रश्मोर अध्यक्ष थान नाल्बोलगायतले अधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

प्रमुख अतिथि सम्बाहाङफे र अध्यक्ष वनेमले संयुक्त रुपमा पानसमा बत्ति बालेर उद्घाटन गरेको अधिवेशनमा स्वागत मन्तव्य उपाध्यक्ष मनमाया नेम्बाङले राखेका थिए ।

निर्वाचन समितिका सचिव राजेन्द्र खिम्दिङले सन्चालन गरेको बन्दसत्रबाट नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई निर्वाचन समितिका संयोजक नरेन्द्र माबोहाङले शपथ खुवाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!