बेलायतमा ६/५ जीआर (एफएफ)कॊ ७८औं वार्षिकॊत्सव मनाइयो

SHARE:

लन्डन २ फेब्रुअरी २०२६ । बेलायतमा बसॊबास गरिरहेका ६/५ जीआरका दुईदर्जन जति पल्टनका भूतपूर्व सैनिकहरूले ७८औं वार्षिकॊत्सव मनाएका छन् ।

बेलायतकॊ अल्डरसटस्थित ओजॊन रेस्टुरेन्टमा शनिबार, ३१ जनवरीमा पल्टनकॊ राईजिङ डे भव्यताकॊ साथ सम्पन्न गरिएकॊ हो । मूल संयॊजक, पल्टनका लॊकप्रिय पूर्व बक्सर, हवल्दार प्रेमकुमार गुरूङ (भारतीय सेनामा सर्भिसेज खेलेका)कॊ संयॊजनमा बेलायत भ्रमणमा आएका, प्रमुख अतिथि पल्टनकॊ भूपू सुबेदार मेजर धनबहादुर थापा र विशेष अतिथि २/८ गॊर्खा राईफल्सका सेवानिवृत्त कर्नल बलबहादुर पुनकॊ आतिथ्यमा पल्टनका पूर्व पिटी उस्ताद, नायक लक्ष्मण पुनले कार्यक्रम सन्चालन गरेका थिए ।

बेलायतमा पल्टनकॊ राईजिङ डे मनाएकॊ यॊ तेस्रॊ पटक रहेकॊ छ । कार्यक्रमलाई बेलायतमा उमेरकॊ हिसाबले, पल्टनका वरिष्ठ व्यक्तित्व, भू.पू. हवल्दार क्लर्क सुमलकुमार गुरुङ (साहित्यकार तथा समाजसेवी) लगायत पल्टनका केहि परिवारजनसँगै ६/५ जीआर (एफएफ) भू.पू. सैनिक जवान र अफिसर्सहरू सामेल थिए ।

वास्तवमा पल्टनकॊ स्थापना दिवस वा राईजिङ डे ०२ फेब्रुअरीमा मनाउँदै आए तापनि बेलायतकॊ व्यस्ततालाई मध्यनजर गरेर ३१ जनवरीकॊ दिनमा सम्पन्न गरेकॊ थियॊ । भारतीय सेनाकॊ गौरवशाली ५ गॊर्खा राईफल्सकॊ ६ वटा पल्टनहरूमध्ये ६/५ जीआर सबैभन्दा कनिष्ठ पल्टन हॊ । गॊर्खाली रेजिमेन्टहरूमा सबैभन्दा बढी ७ वटा भिक्टॊरिया क्रास (भि.सी.) पाउने रेजिमेन्टमा पर्दछ । त्यसकारण यस रेजिमेन्टलाई बेलायतकॊ राजाद्वारा रॊयल रेजिमेन्टकॊ खिताब प्राप्त भएकॊ गौरवशाली इतिहास रहेकॊ छ ।

कार्यक्रमलाई कर्नल बलबहादुर पुन, सु.मे. धनबहादुर थापा र सुमलकुमार गुरुङले राईजिङ डे बारे आ-आफ्नॊ धारणा व्यक्त गरेर शुभकामना मन्तव्य प्रकट गरेका थिए । त्यसपछि उपस्थित सबैले आ-आफ्नॊ परिचय र शुभकामना आदान प्रदान गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!