नेपाल आदिवासी जनजाति महासङ्घको ११औं राष्ट्रिय महाधिवेशन चैत ६ र ७ गते

SHARE:

काठमाडौं ५ फेब्रुअरी २०२६ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औं राष्ट्रिय महाधिवेशन आगामी चैत ६ र ७ गते हुने भएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ ११औं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बिहीबार बसेको बैठकले प्रतिनिधिसभाको निर्वाचनको आचारसंहिताका कारण माघ ९ र १० गतेका लागि तय भई स्थगित भएको महासङ्घको महाधिवेशन आगामी २०८२ चैत ६ र ७ गते आयोजना गर्ने निर्णय गरेको महासचिव दिवस राईले जानकारी दिए ।

साथै महाधिवेशनको अन्तिम तयारिको लागि २०८२ फागुन २७ गते आयोजक समितिको पूर्ण बैठक बस्ने समेत निर्णय गरिएको महासचिव राईले जनाए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!