लन्डन ८ फेब्रुअरी २०२६ । गोर्खा भर्ती समूह २६ अन्तर्गत बेलायती सेनामा सामेल हुन नेपालबाट ३२३ जना चयन भएका छन् ।
६ फेब्रुअरी २०२६ मा पोखरामा आयोजित दीक्षा (एटेस्तेसन) परेडमार्फत गोर्खा ब्रिगेडले नेपालबाट चयन भएका ३२३ जना नयाँ भर्तीहरूलाई औपचारिक रूपमा स्वागत गर्यो । ३२३ सिटका लागि १४, ००० भन्दा बढी आवेदकहरूले प्रतिस्पर्धा गरेका थिए, जसले सफल उम्मेदवारहरूका लागि बेलायती सेनामा सेवा गर्नु कति प्रतिष्ठित र जीवन परिवर्तन गर्ने अवसर हो भन्ने कुरा स्पष्ट रूपमा देखाउँछ।
३२३ जना मात्र चयन भए पनि आवश्यक मापदण्ड पूरा गर्ने योग्य उम्मेदवारहरूको संख्या अझ धेरै थियो । तर प्रत्येक वर्ष बेलायती सेनाको आवश्यकताअनुसार सिट संख्या सीमित हुने गर्दछ।
ब्रिटिश गोर्खा पोखराका कमान्डिङ अफिसर मेजर जेम्स होर्नबीको कमान्डमा परेड गठन गरिएको थियो। परेडका निरीक्षक अधिकृत (इन्स्पेक्टिङ अफिसर) लेफ्टिनेन्ट जनरल एम. आर. एल्भिस CB MBE (कमाण्डर फिल्ड आर्मी, बेलायती सेना) थिए ।
प्रारम्भिक निरीक्षणपछि लेफ्टिनेन्ट जनरल एल्भिसले दीर्घ सेवा तथा राम्रो आचरण पदक (Long Service and Good Conduct Medal), दुईवटा अपरेशनल पदक तथा दुईवटा गोर्खा ब्रिगेडका कर्नेल कमान्डेन्ट पदक प्रदान गरे । त्यसपछि उनलाई गोर्खा ब्रिगेडको ब्याण्ड र ब्रिगेडका पाइपरहरूसँग परिचय गराइयो । यस क्रममा उनले संगीत निर्देशकसँग भेट गरे र केही गोर्खा संगीतकारहरूसँग कुराकानी गरे, जसले उनीहरू सबैले गोर्खा बन्न सुरु गरेको उही यात्राको सम्झना गरायो।
गोर्खा भर्ती समूह २६ दीक्षा (एटेस्तेसन)
पुनः मञ्च (डायस) मा फर्किएपछि लेफ्टिनेन्ट जनरल एल्भिसले भर्तीहरूलाई गोर्खा ब्रिगेड, बेलायती सेना तथा महाराजाधिराज राजा चार्ल्स तृतीयप्रति निष्ठाको शपथ उच्चारण गराउने कार्यको निरीक्षण गरे । साना समूहमा विभाजित भई प्रशिक्षार्थीहरू युनियन ज्याक झण्डाले ढाकिएका र राजा महाराजको तस्बिर राखिएका पाँचवटा टेबलमध्ये एउटातर्फ मार्च गर्दै गए । प्रत्येक भर्तीले टेबलपछाडि रहेका वरिष्ठ अधिकृतहरूलाई सलामी दिए, दीक्षा विधिको एक भागस्वरूप टेबल छोए, पुनः सलामी दिए र परेडको आफ्नो स्थानमा फर्किए ।
त्यसपछि लेफ्टिनेन्ट जनरल एल्भिसले सम्बोधन गर्दै भर्तीहरू चयन हुन सफल भएको उपलब्धिको प्रशंसा गरे, परेडको उत्कृष्टताका लागि सराहना गरे । घर–परिवारबाट टाढा गई बेलायती सेनामा सेवा गर्न स्वयंसेवक बनेकोमा धन्यवाद व्यक्त गर ।


