लन्डन १४ फेब्रुअरी २०२६ । मोना यूकेको आउँदै गरेको शुभकामना साँझ २०२६ को दोस्रो तयारी बैठक आइतवार १ मार्च २०२६ को दिन हुने भएको छ । सोहिदिन मोना युकेले मोना युथसँग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
फार्नबोरोस्थित मगर भवनमा उक्त दिन दिउँसो १ देखि ५ बजेसम्म बैठक र अन्तरक्रिया कार्यक्रम हुने मोना युकेका महासचिव मन्दिप जुग्जालीले जानकारी दिएका छन् ।
कार्यक्रममा उपस्थित हुन मोना यूकेका अध्यक्ष पदम सुन्दर गर्बुजाले ट्रस्टीज्युहरु, सल्लाहकारज्युहरु, संस्थापक अध्यक्षलगायत पूर्वअध्यक्षहरु, मोना युथका अध्यक्षज्यु, पूर्वयुथ अध्यक्षज्युहरु, संस्थापक सदस्यहरु, विभिन्न गाउँपालिका तथा गाउँ समाजका अध्यक्षज्युहरु, कार्यसमितिका साथीहरु, मोना युथका कार्यसमितिका सदस्यहरु, सम्पूर्ण युकेवासी म्याग्देली बाबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरुमा आग्रह गरेका छन् ।






