मगर संघ युकेद्वारा ४४औँ मगर दिवसको भव्य तयारी

SHARE:

बेलायत । मगर संघ युकेले आगामी शनिबार, २१ फेब्रुअरी २०२६ का दिन बेलायतको अल्डरसटस्थित एम्पायर हलमा ४४औँ मगर दिवस विशेष समारोहका साथ मनाउने भएको छ। कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको संघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक विष्णु श्रीस मगरले जानकारी दिएका छन्।

कार्यक्रमका मुख्य आकर्षणहरूमा मगर संघ युकेका विभिन्न १२ वटा शाखा संगठन र ६ वटा भगिनी संगठनहरूद्वारा मगर जातिको पहिचान झल्कने मौलिक झाँकी तथा नृत्यहरू प्रदर्शन गरिनेछ भने चर्चित लोक गायिका निरा थापा मगरले आफ्नो सुमधुर गायनमार्फत दर्शकहरूलाई मनोरञ्जन दिलाउनेछिन्।

मगर दिवसको प्रमुख अतिथिमा बेलायतका लागि नेपाली कार्यवाहक राजदुत विपिन दुवाडीलाई निमन्त्रणा दिइएको छ भने अन्य अतिथिहरुमा आदिवासी जनजाती महासंघ (नेफिन) युके, आदिवासी जनजाती पत्रकार महासंघ युके, आदिवासी जनजाती महिला महासंघ युकेका अध्यक्षहरु र बेलायतमा स्थापित जातीय संगठनका अधक्षहरुलाई निमन्त्रणा दिइएको मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन मगर (लालु) ले जानकारी दिएका छन्।

मगर दिवसलाई भव्य रूपमा सफल पार्न संघले बेलायतवासी सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा समेत गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!