शिव मन्दिर अल्डरसटमा महाशिवरात्रिपर्व सभ्य र भव्य रुपमा सम्पन्न

SHARE:

हरी भट्टाराई- बेलायत

शिव मन्दिर अल्डरसटमा आइतवार फेब्रुअरी १५ को दिनमा महाशिवरात्रिपर्व सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।

सदाझैँ यसवर्षपनि शिव मन्दिरमा पूजा-आराधना र भजनकीर्तनको साथमा चारवटै प्रहरको शिवपूजा र आराधनाको साथमा १५ तारिख बिहान ७ बजे देखि भोलिपल्ट ७ बजे सम्म चौबीसै घण्टा मन्दिरमा पूजा आराधना भजन भएको थियो।

यस वर्ष २००० भक्तजनहरुले दर्शन गर्नुभएको अनुमान गरिएको छ । शिवरात्रिको पूर्वसन्ध्यामा शिव मन्दिरका कार्यसमितिका साथीहरु र सम्पूर्ण भोलेन्टियर टिमको सहयोगमा मन्दिरमा शिवरात्रिकै लागि भौतिक संरचनामा सुधार गर्दै शिवरात्रिलाई भव्य बनाउन मन्दिरका अध्यक्ष हरिभट्टराईको संयोजकत्वमा विशेष पहल भएको थियो ।

मन्दिरको दर्शनको लागि अल्डरसट , फानबोरो , क्याम्बर्ली , गिलफोड , ब्र्याकनेल, लण्डन, आस्फोड लगायत युकेको धेरै शहरहरुबाट भक्तजनहरुको सहभागिता रहेको थियो ।

मन्दिर व्यवस्थापन समितिले भक्तजनहरुको सहजताको लागि दिनभरि नै प्रसाद वितरण गरेको थियो भने करिब १००० भक्तजनले प्रसाद ग्रहण गर्नुभएको प्रसाद व्यवस्थापनमा खटिनुभएको पाकशाला संयोजक विमला भट्टराईले बताउनुभयो।

दिनभरिको मन्त्रको गुन्जन , संगीतमय भजन कीर्तन र निरन्तरको प्रसाद वितरणले मन्दिरको वातावरणलाई भक्तिमय र आनन्दित बनाएको हरेक भक्तहरुले बताउनुभयो ।

विगतका वर्षहरुभन्दा यसवर्ष धेरै भीड भएको र भक्तजनको सदाशयता र सहयोगले विशेष रमाइलो भएको उपाध्यक्ष तथा शिवरात्रि कार्यक्रम संचालक सुष्मा गुरुंगले जानकारी गराउनुभयो ।

मन्दिरमा बिहान ८ बजे बेलुका ५ बजे राति १२ बजे र बिहान ४ बजे अभिषेकको साथमा विशेष अर्चना र आरती भएको र दिनभरिनै गुरुहरुद्वारा रुद्राभिषेक भएको र भक्तहरुको इच्छा अनुसार पूजा भएको मन्दिरका आचार्य गुरु मधुसूदन सत्यालले बताउनुभयो ।

शिवतत्वको चर्चाको साथमा भएको रुद्राभिषेकमा भक्तजनहरुको विशेष उपस्थिति रहेको थियो । समाजमा यस्ता धार्मिक र सांस्कृतिक कार्यक्रमले समाजमा धार्मिक जागरण र आध्यात्मिक उन्नयन हुने विश्वास शिव मन्दिर परिवारले गरेको छ ।

कार्यक्रममा विशेषगरी अध्यक्ष हरि भट्टराई , उपाध्यक्ष सुष्मा गुरुंग, महासचिव निरज शर्मा , सह सचिव निरज तिवारी, भजन संयोजक बिष्णु थापा र कोषाध्यक्ष किशोर गुरुंगको साथमा कल्चरल सेक्रेटरी द्वय रुपेश काफ्ले तथा प्रणव थोटम तथा सम्पूर्ण पदाधिकारीहरु , ट्रष्टीहरु र प्याट्रोन काउन्सिलका सदस्यहरुसंगै विविध संघ -संस्थाहरु हरुको विशेष प्रतिनिधिहरुको सहयोग र आपसी सामन्जस्यताले कार्यक्रमलाई साँचो अर्थमा सफल गराएको सबैलाई प्रत्याभूति गराएको छ भने आगामी दिनमा यस्ता कार्यक्रमले समाजमा धर्मसंस्कार संस्कृतिको जगेर्ना गर्ने र आध्यात्मिक जागरण पनि गराउने कुरामा शिव मन्दिर परिवार विश्वस्त रहेको छ ।

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!