शशांक शर्मा- बेलायत
बेलायतको मिडलैन्डमा कार्यरत नेपालीहरुको संयुक्त समाज साझा नेपाली समाजका अध्यक्ष नारायण प्रसाद फुयॅालको अध्यक्षयतामा मिति १८/०२/२०२६ मा बसेको कार्यसमितिको बैठकले साझा नेपाली समाजले अन्य संस्थाहरूसंग सहकार्य गर्ने भएको छ ।
यो निर्णय सगै साझा नेपाली समाज बेलायतमा सहकार्य गर्ने संस्थाहरु ८ पुगेका छन। साथै मिडलैन्ड र आसपासमा कार्यरत नेपाली समाजहरुले पनि सहकार्य गर्न इच्छा जाहेर गरेका तर सम्बन्धित समाजको कार्यसमितिले प्रक्रिया अनुसार पास गरी साझा नेपाली समाज संग प्रस्ताव आउन बाकी रहेकोले आजको बैठकमा टेबल नभएको र निकट भबिष्यमा बस्ने बैठकमा टेबल गरिने महासचिव शशांक शर्माले बताए। बैठकले समाजका बिभिन्न बिभागीय प्रमुखहरु र सल्लाहकारको नियुक्ती गरेको छ।



