तमु कलाकार संघ नेपालद्वारा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

SHARE:

बुधवार १८ फेब्रुअरी नेपाल। तमु ह्युला छोंज धी भवन मित्रनगर काठमाडौमा तमु कलाकार संघ नेपालद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुंग, गोरखा जिल्ला तमु समाज यूकेका अध्यक्ष टेकमान गुरुंग, तमुधी यूकेका आमा समुहकी बरिष्ठ उपाध्यक्ष श्रीमती नन्दा गुरुंग र तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष परशुराम गुरुंगको उपस्थिति रहको थियो।

सचिव पृथ्वी गुरुंगले संचालन गरेको कार्यक्रममा निबर्तमान अध्यक्ष सुश्री शर्मिला गुरुंग तथा अध्यक्ष सागर गुरुंगले अतिथिहरुलाई क्रेगा भांग्रा खादा र क्रमु लगाई स्वागत र सम्मान गरेका थिए ।

सहभागी भएका अतिथिहरुलाई आफ्ना केहि मन्तव्य राख्ने अवसर पनि दिनुभएको थियो । कार्यकर्ममा सहभागी भएकोमा निवर्तमान अध्यक्ष शर्मिला गुरुंगले आभार व्यक्त गरेकी थिइन् ।

अन्तमा संस्थाका अध्यक्ष सागर गुरुंगले संस्था कसरी चलीरहेको छ भन्मे बारेमा र अतिथिहरुबाट आर्थिक सहयोग भएकोमा अति हर्षित भएको र तमु कलाकार संघलाई गरेको सहयोग प्रति आभार व्यक्त गर्दै कार्यक्रमलाई समापन गरेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!