बीसीसी युकेको आयोजनामा परम पुजानीय पाल्युल कर्म कुक्षेन् रिन्पोक्षे ज्यु द्वारा बुद्ध भैषज्यगुरु अभिषेक (वाङ) प्रदान

SHARE:

गत आइतबार  १८ नोभेम्बरमा आयोजित कार्यक्रममा  परम पुजानीय पाल्युल कर्म कुक्षेन् रिन्पोक्षे ज्यु द्वारा बुद्ध भैषज्यगुरु अभिषेक वाङ प्रदान गरिएको हो । कार्यक्रममा सहभागी हुने क्रममा रिम्पोछेलाई सम्पूर्ण भक्तजनहरुले बौद्ध  धार्मिक परमपरा अनुसार भव्य स्वागत गरेका थिए l उनले बुद्धको प्रतिमा र छ्योर्तेनमा पूजापाठका साथै दीप प्रज्ज्वलन गरे ।

यस कार्यक्रममा रिन्पोछे गुरु ज्यु लाई शेर्पा समाज युके, कार्यसमिति  र आमा टोलीको तर्फबाट मण्डला अर्पण गरिएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष्य  नारायण प्रसाद  गुरुङ,  संस्थापक अध्यक्ष काजी शेर्पा, सल्लहाकार मेजर खुसीमान गुरुङ, जंग गुरुङ साथै अन्य सल्लहाकारहरु आमा समूहको निवर्तमान अध्यक्ष ज्ञानु गुरुङ तथा वर्तमान कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुसहित विदेशी भक्तजनहरुको सहभागिता थियो । सो कार्यक्रमलाई सफल पर्न आमा सम्पूर्ण आमा समूहको बिशेष भूमिका रहेको थियो ।

महासचिव रविन गुरुङले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा उपाध्यक्ष आङ दावा शेर्पाले गरेका थिए। यस कार्यक्रममा अमेरिका बाट आउनु भएका  खेन्पो पेम छिरी शेर्पा गुरु द्वारा नेपालीमा अनुवाद गरेका थिए ।अन्तमा अध्यक्ष नरेश गुरुङबाट सम्पूर्ण भक्तजन तथा भोजन दान गर्ने सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!