तमु धीं यूकेको प्रतिनिधिमण्डलद्वारा नेपालका राष्ट्रपति पौडेलसँग भेट

SHARE:

लन्डन । बेलायतस्थित तमु धीं यूकेको प्रतिनिधिमण्डलले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेको छ ।
भेटमा तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, महासचिव डा विशाल गुरुङ तथा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन गुरुङ सहभागी थिए ।

भेटवार्ताका क्रममा तमु धीं यूकेको स्थापना तथा हालसम्मका गतिविधिबारे छलफल गरेको महासचिव गुरुङले बताए । उनका अनुसार विशेषगरी शिक्षा, स्वास्थ्य, संस्कृति संरक्षण, समुदायबीच सम्बन्ध सुदृढीकरण तथा संयुक्त अधिराज्य र विश्वभर रहेका नेपाली डायस्पोरालाई सहयोग पुर्‍याउने क्षेत्रमा संस्थाले खेलेको भूमिकाबारे प्रकाश पारिएको थियो ।

नेपाल सरकारसँग सहकार्य गरी विदेशमा रहेका नेपाली समुदाय र मातृभूमि दुवैलाई लाभ पुग्ने परियोजनाहरू कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा पनि विचार आदानप्रदान गरिएको उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!