विपन्न बालबालिकाका लागि यतीको च्यारिटी, च्यारिटीमा पूर्वप्रधानमन्त्री नेपालको विशेष उपस्थिति

SHARE:

एटा संवाददाता
लन्डन । नेपाली समुदायबीच बेलायतको पहिलो नेपाली संस्था यती नेपाली एशोसियशन युकेले नेपालका दुर्गम क्षेत्रका विपन्न बालबालिकाहरुको सहयोगार्थ च्यारिटी कार्यक्रमको आयोजना गरेको छ ।

गत शनिबार १७ नोभेम्बर साँझ लन्डनस्थित ग्रीनफोर्ड हलमा विपन्न बालबालिकाहरुको बिशेष गरी शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देश्यले सो च्यारिटी कार्यक्रमको आयोजना गरिएको हो । नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गायक हेमन मोक्तानले सुरु गरेको ‘अँध्यारोबाट उज्यालोतिर’ को यात्रा, शिक्षाका लागि विश्व सांगीतिक अभियानको समेत उद्घाटन गरिएको थियो । सो अवसरमा गायक मोक्तानले सञ्चालन गरेका सामाजिक कार्यहरुको साथै शिक्षाका लागि विश्व्यापी सांगीतिक अभियानबारे तयार पारिएको भिडियो प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री नेपालले युवा गायक मोक्तानको अभियान सफलताको शुभकामना दिँदै वर्तमान नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकता र भूतपूर्व ब्रिटिस गोर्खाहरुका समस्या समाधानका बारेमा बोलेका थिए ।

त्यस्तै, कार्यक्रमका बिशेष अतिथि एवं बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी र एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीले समेत शुभकामना मन्तब्य राखेका थिए ।

विविध सांगीतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा नेपालबाट आएका हाँस्य कलाकार मनोज गजुरेल, नायिका तथा मोडल मरिस्का पोखरेल र गायक हेमन मोक्तानले आ–आफ्ना कला प्रस्तुत् गरेका थिए । नेपाली समुदाय बेलायतका नेपालीहरुको बाक्लो उपस्थिति रहेको च्यारिटी कार्यक्रममा विभिन्न सहयोगदाताहरुले सो अभियानको स्वागत गर्दै आर्थिक सहयोग गरेका थिए । सो अभियानका लागि नेपालका चर्चित गायक योगेश्वर आमात्यले एकलाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् भने विभिन्न सहयोगदाताहरुले सहयोग गर्ने क्रम बढिरहेको कार्यक्रमका संयोजक एवं पूर्वअध्यक्ष उमेशराज मोक्तानले जानकारी दिए । यती नेपाली एशोसिएशन युकेका अध्यक्ष शशिधर नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यतीका सल्लाहकार ध्रुव केसीले स्वागत मन्तब्य दिएका थिए भने कार्यक्रम संयोजक एवं यतीका पूर्वअध्यक्ष मोक्तानले कार्यक्रम संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!