लन्डन १ मार्च २०२६ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेकी अध्यक्ष गोमा (गमकुमारी) राना र श्रीमान् सुनील रानाले स्याङ्जाको गल्याङ नगरपालिका-२ बलाम गुठीमा रहेको श्री शिवालय माध्यमिक विद्यालयमा १ लाख ५१ हजार रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।
गोमाले प्रारम्भिक शिक्षा हासिल गरेको शिवालय माविमा अक्षय कोष स्थापना गरेकी हुन् । राना दप्पतीले अक्षय कोषबापतको रकम आइतबार विद्यालय प्राङ्गणमा एक समारोहबीच प्रधानाध्यापक दोलकनाथ गैह्रेलाई हस्तान्तरण गरे ।
विद्यालयमा अक्षय कोष स्थापना गरिदिएकोमा राना दम्पतीलाई धन्यवाद व्यक्त गर्दै प्रधानाध्यापक गैह्रेले कोषबाट प्राप्त ब्याजबाट विद्यालयको हरेक वार्षिकोत्सवमा विभिन्न विधामा विद्यार्थीलाई पुरस्कार बाँडिने जानकारी दिए ।
अक्षय कोष दाता एवं शिवालय माविकी पूर्वविद्यार्थी गोमा रानाले आफूले अध्यक्ष सुरुआत गरेको विद्यालयमा अक्षय कोष राख्न पाएकोमा अत्यन्तै खुशी लागेको बताइन् । उनले आफ्नो कवितासङ्ग्रह समुन्द्र पारि लिएर सहयोग गर्नेहरु,शिवालय माविका सम्पूर्ण शिक्षक, शिक्षिकाहरु सबैलाई धन्यवाद दिइन् ।
साथै शिक्षिका पार्वती श्रेष्ठ जसले कार्यक्रम संयोजनमा साथ दिएकोमा आभार व्यक्त गरिन् । रानाले विद्यार्थीहरुलाई मिठाइसमेत बाँडेकी थिइन् ।
विद्यालयको तर्फबाट राना दम्पतीलाई दोसल्ला ओढाइ सम्मान गरेको थियो ।




