म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनका समर्थकले गरे बेनीमा सरसफाइ

SHARE:

म्याग्दी २ मार्च २०२६ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनका समर्थकहरुले आइतबार सदरमुकाम बेनीबजारमा सरसफाइ गरेका छन् ।

निवर्तमान मन्त्रीसमेत रहेका पुनको चुनावी घरदैलो अभियान जारी रहेकै बेला आइतबार समर्थकले विभिन्न नारासहित प्ले कार्ड, ब्यानरसहित हात हातमा कुचो, झाडु लिएर बेनी नगरपालिका वडा नं ७ वीरेन्द्रचोकबाट बजार सरसफाइ अभियान सुरु गरेका हुन् । महावीर पुन चुनाव प्रचारप्रसार समितिका योगकुमार फगामीले घरदैलो अभियानसँगे मतदातालाई जानकारी गराउन तथा श्रमको सम्मान गर्ने उम्मेदवार भएकाले बजार क्षेत्रमा सरसफाइसहित कार्यक्रम गरिएको जानकारी दिए ।

आइतबार बेनी ७ र ८ नम्बर वडा, अन्नपूर्ण गाउँपालिका वडा नं ६ खिवाङमा समेत चुनावी अभियानमा पुगेको थियो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!