एटा संवाददाता
लन्डन । बेलायतमा बसोबासरत गुरुङहरुको साझा संस्था तमुधिं युकेको दसौं कार्यसमितिको नेतृत्वमा नन्दजङ्ग गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

तमुधिं युकेको गत शनिबार १७ नोभेम्बरका दिन सम्पन्न साधारणसभाले उनको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उनले आगामी ३० डिसेम्बर २०१८ ल्होछारका दिन देखि आगामी दुई वर्षका लागि कार्यभार सम्हाल्ने छन् । यसअघि ८ औं र ९ औं कार्यसमितिमा उपाध्यक्षको भूमिकामा रहेर नेपाली मेला र ल्होछार पर्वको संयोजकको जिम्मेवारीसमेत लिइसकेका छन् ।
कास्की सिक्लेस स्थायी घर भई फार्नबोरो, युकेमा परिवारसहित बस्दै आएका गुरुङ पूर्वगोर्खा आर्मीसमेत हुन् । त्यस्तै, दुई कार्यकाल उपाध्यक्षको भूमिकामा रहेर दुईपटक नेपाली मेलाको संयोजकको भूमिका निर्वाह गरिसकेका नवौं कार्यसमितिका उपाध्यक्ष हित काजी गुरुङ पुनः उपाध्यक्षमा चयन भए भने आठौं कार्यसमितिका महासचिव हरि गुरुङ र कोषाध्यक्ष जुमकाजी गुरुङ उपाध्यक्षमा चयन भएका छन् ।
नयाँ कार्यसमितिको महासचिवमा तुलाराम गुरुङ, सचिवमा परशुराम गुरुङ, कोषाध्यक्षमा कुमार गुरुङ, सहकोषाध्यक्षमा कमल गुरुङ, खेलकुद सचिवमा क्या. पिताम्बर गुरुङ, प्रवक्तामा रोहितकुमार गुरुङ, सांस्कृतिक सचिवमा इन्द्रद्रघोताने गुरुङ, प्रेस (वेबमास्टर) मा सविन्द्रकुमार गुरुङ, प्रोपर्टी सेक्रेटरीमा नरेश गुरुङ, युवा संयोजकमा राजेन्द्रद्रगुरुङ र महिला प्रमुखमा जगतमाया गुरुङ चयन भएका छन् ।
त्यस्तै, मिलन तमु गुरुङ, भोजबहादुर गुरुङ, मनप्रसाद गुरुङ, जयबहादुर गुरुङ, कोलप्रसाद गुरुङ, टंकप्रसाद गुरुङ, श्रीप्रसाद गुरुङ, युवन गुरुङ, श्रीबहादुर गुरुङ, अरुण गुरुङ, मदन गुरुङ, लैन्चकुमार गुरुङ, यमकुमार गुरुङ र भीम गुरुङ सदस्यमा चयन भएका छन् । नवनिर्वाचित १० औं कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन समिति संयोजक एकेन्द्र गुरुङले शपथ गराउँदै प्रमाणपत्र प्रदान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गुरुङलगायत पदाधिकारी एवं सदस्यहरुलाई आफन्तजनले खादा लगाई बधाई ज्ञापन गरिएको थियो । त्यस्तै, विभिन्न गीतमा सामूहिक नृत्य गरेर मनोरञ्जनसमेत गरेका थिए । नेपाली समुदाय बेलायतमा गोर्खा कप र नेपाली मेलाजस्ता बृहत् कार्यक्रमको सफल आयोजना गर्दै आएको तमुधिंको हालसम्म संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ (२०००—०४), मेजर डम्बर घले (२००५—०६), मेजर लालबहादुर गुरुङ (२००७—०८), सुवासिं गुरुङ (२००९—१०), मुछेत्र गुरुङ (२०११—१२), कमल गुरुङ (२०१३–१४), सुर्जे (रामचन्द्र) गुरुङ (२०१५—१६) सफल नेतृत्व गरिसकेका छन् । त्यस्तै, वर्तमान अध्यक्ष ज्ञामबहादुर गुरुङ (२०१७—१८) ले आगामी ३० डिसेम्बर २०१८ का दिन नवनिर्वाचित अध्यक्ष नन्दजङ्ग गुरुङलाई नेतृत्व हस्तान्तरण गर्नेछन् ।
तमुधिं युकेका सल्लाहकार एकेन्द्र गुरुङ संयोजक, सल्लाहकार नारायण गुरुङ सहसंयोजक र सल्लाहकार हरिकुमार गुरुङ (काजी) सचिव रहेको निर्वाचन समितिले १० औं कार्यसमितिको घोषणा गरेपश्चात् नवनिर्वाचित अध्यक्ष नन्दजङ्ग गुरुङले तमुधिं युकेको गरिमालाई अझ माथि उठाउने विश्वास व्यक्त गरे । त्यस्तै, ९ औं कार्यसमितिका अध्यक्ष ज्ञाम गुरुङले जसरी आपूmलाई पूर्व अध्यक्षहरुले साथ र सहयोग दिए त्यसैगरी आफूले पनि १० औं कार्यसमितिलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
तमुधिं भवन मिचेटमा बिहान ११ बजेदेखि सुरु भएको साधारणसभामा महासचिव कृष्णप्रसाद गुरुङले कार्यसमितिको प्रतिवेदन र कोषाध्यक्ष दिपक गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । उनीहरुले प्रस्तुत गरेका दुवै प्रतिवेदनमाथि व्यापक छलफल गरिएको थियो ।
त्यस्तै, खेलकुद सचिव क्या. पिताम्बर गुरुङले खेलकुद, मिडिया सेक्रेटरी रोहित गुरुङले तमुधिं युकेको वार्षिक मुखपत्र पे्रmंसी, उपाध्यक्ष नन्दजङ्ग गुरुङले ल्होछार पर्व, आमा समूहकी कोषाध्यक्ष जसु मुसेन गुरुङले आमा समूहको प्रतिवेदन र सल्लाहकार मेजर खुशीमान गुरुङले तमुधिं भवनको मोर्गेज फ्री बारे बोलेका थिए ।
कार्यक्रममा तमुधिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु सुवासिं गुरुङ, कमल गुरुङ र सुर्जे (रामचन्द्र) गुरुङ, एनआरएनए युकेका पूर्वअध्यक्ष सूर्य गुरुङ र तमु कल्चरल फोरम युकेका निर्देशक क्या. राजु गुरुङले शुभकामना मन्तव्य दिएका थिए । त्यस्तै, तमुधिं युकेका विभिन्न इकाईका अध्यक्षहरुले समेत शुभकामना दिएका थिए ।
ज्ञाम गुरुङको अध्यक्षतामा सम्पन्न साधारणसभामा उपाध्यक्ष नन्दजङ्ग गुरुङले शुभकामना मन्तव्य दिएका थिए । महासचिव कृष्णप्रसाद गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।






