गण्डकीका एमाले पूर्वमन्त्री गुरुङको आग्रह – ‘सूर्यमा चित्त नबुझे तारामा भोट हालौं’

SHARE:

पोखरा २ मार्च २०२६ । गण्डकी प्रदेशसभामा नेकपा (एमाले)का तर्फबाट सांसद रहेका बेदबहादुर गुरुङले कम्युनिस्टधारका मतदातालाई एमाले चित्त नबुझे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा मत दिन आह्वान गर्नुभएको छ ।

पूर्वमन्त्रीसमेत रहनुभएका गुरुङले सोमबार सामाजिक सञ्जालमार्फत उक्त आह्वान गर्नुभएको हो । उहाँले विगतमा एमालेको मत घट्दा माओवादीको बढ्ने र माओवादीको घट्दा एमालेको बढ्ने गरेको भए पनि यो पटकको चुनावमा त्यो मत बाहिर जाने सम्भावना रहेकोले कम्युनिस्ट मत कम्युनिस्टमै हाल्न आह्वान गर्नुभएको हो ।

‘कम्युनिस्ट पार्टीको मत आ–आफ्नो पार्टीमा चित्त नबुझेको हो भने अर्को कम्युनिस्ट पार्टीमा हालौँ बुर्जुवातिर सार्ने गल्ती नगरौँ’, उहाँले लेख्नुभएको, ‘ठ्याक्कै भन्नु पर्दा सबैले मत एमालेको सूर्य चिह्नमा हालौँ, यदि त्यहाँ पनि चित्त नबुझेको हो भने नेकपाको तारा चिह्नमा हालौँ, तर अन्य पार्टीमा नहालौँ ।’

वेदबहादुर गुरुङको स्टाटस्

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!