नुवाकोटको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तामाङमाथि उनेपाका कार्यकर्ताहरुबाट आक्रमणको प्रयास

SHARE:

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष एवं नेपाली कम्युनिष्ट पार्टीका युवा नेता तेजबहादुर तामाङ (रमेश) माथि ‘उज्यालो नेपाल पार्टी’का कार्यकर्ताहरूले योजनाबद्ध रूपमा बाटो छेकेर दुर्व्यवहार र आक्रमणको प्रयास गरेका छन्।

दुप्चेश्वर गाउँपालिकाबाट फर्कने क्रममा आइतबार पञ्चकन्या-४ आइपुग्दा अध्यक्ष तामाङको सवारी साधनलाई उज्यालो पार्टीका कार्यकर्ताहरूले अवरोध गरेका थिए। गत स्थानीय तहको निर्वाचनमा पञ्चकन्या ४ मा वडाध्यक्षको प्रत्यासी समेत रहेका उज्यालो पार्टीका नेता समरसिंह तामाङ नेतृत्वको समूहले सडक अवरुद्ध गरेको थियो ।

प्रत्यक्षदर्शी सोनाम तामाङका अनुसार, ककनी र शिवपुरी क्षेत्रबाट करिब ३० वटा मोटरसाइकलमा आएका अपरिचित युवाहरूको समूहले मादक पदार्थ सेवन गरी बाटो छेकेका थिए । उक्त समूहले गाउँपालिका अध्यक्ष सवार गाडीलाई जबर्जस्ती रोकेर गाडीमा रहेको पार्टीको झन्डा निकाली च्यात्ने र अभद्र व्यवहार गर्ने प्रयास गरेका थिए । ती युवाहरूले सामाजिक सद्भाव र शान्ति भड्काउन खोजेको स्थानीय नेकपा कार्यकर्ताको भनाइ छ ।

‘समरसिंह तामाङसहित औंलामा गन्न सकिने स्थानीयबाहेक सबै बाहिरका युवाहरू थिए। उनीहरूको उद्देश्य नै उत्तेजना फैलाउनु देखिन्थ्यो,’ स्थानीय विक्की तामाङले भने ।

अध्यक्ष तामाङ वडा नम्बर ३ को घलेभन्ज्याङ आइपुग्दा सयौंको संख्यामा आक्रोशित स्थानीयहरू प्रतिकारका लागि भेला भएका थिए । तर, अध्यक्ष तामाङले भीडलाई सम्झाउँदै कानुन हातमा नलिन र शान्ति कायम राख्न आग्रह गरेको जनाइएको छ ।

आफूमाथि प्रत्यक्ष दुर्व्यवहार हुँदा र पार्टीको झन्डाको अपमान गरिँदा पनि अध्यक्ष तेजबहादुर तामाङले संयमता प्रदर्शन गरेको नेकपा समर्थकको दाबी छ । स्थानीय रामबाबु विष्टका अनुसार उहाँले आफ्ना कार्यकर्ता र आक्रोशित स्थानीयलाई “यो समय झैझगडा र प्रतिशोधको होइन, विकास र एकताको हो” भनेर सम्झाउनु भएको थियो।

‘राजनीतिमा विचारको लडाइँ हुनुपर्नेमा भौतिक आक्रमण र अभद्र व्यवहारमा उत्रने प्रवृत्तिले लोकतन्त्रलाई नै कमजोर बनाउँछ,” स्थानीय मिन लामाले भने ।

उज्यालो नेपाल पार्टी पञ्चकन्या गाउँपालिकाका नेता समरसिंह तामाङले भने चुनावी प्रचारप्रसारका क्रममा उज्यालो नेपाल पार्टीका उम्मेदवारको सवारी साधन तोडफोड र समर्थकमाथि आक्रमण भएको बताएका छन् ।

नुवाकोट १ मा नेपाली कम्युनिस्ट पार्टीबाट पञ्चकन्या घलेगाउँका हितबहादुर तामाङ र उज्यालो नेपाल पार्टीबाट ककनीका इमानसिंह तामाङ उम्मेदवार छन् ।

 

पञ्चकन्या गाउँपालिका अध्यक्ष तामाङमाथि आक्रमणको प्रयासपछि आक्रोशित नेकपा कार्यकर्ताबाट उनेपा नेता, कार्यकर्ताले प्रयोग गरेको गाडीमा तोडफोड

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!