बेलायतवासी पाइजा दम्पतीद्वारा म्याग्दीको स्वास्थ्यचौकीमा ५ लाखको अक्षयकोष स्थापना

SHARE:

म्याग्दी ३ मार्च २०२६ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

बेगखोला घर भई हाल बेलायतमा कर्मथलो बनाएका नगेन्द्र पाइजा र उनकी श्रीमती लक्ष्मीदेवीले विपन्न वर्गहरूलाई लक्ष्य गरी स्व पिता जसबहादुर पाइजा र आमा मनिषा पाइजाको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् ।

जन्मथलो आएका पाइजा दम्पतीले बेग स्वास्थ्यचौकीका व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष बिलप्रसाद फगामीलाई अक्षयकोषको रकम हस्तान्तरण गरेका थिए ।

उक्त रकमको ब्याजबाट स्वास्थ्यचौकीमा उपचारका लागि आउने विपन्नहरूको थप उपचारका लागि सहयोग गरिने वडाध्यक्ष फगामीले बताए । उनका अनुसार थप उपचारका लागि बजारका अस्पतालमा जानुपर्ने विपन्नहरूका लागि यातायात खर्च, दुर्घटना, विपद् प्रभावितहरूलाई आकस्मिक अवस्थामा अक्षयकोषको रकम परिचालन गरिने भएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!