डम्फु सेलो कार्यक्रमलाई तामाङ समाज उत्तर अमेरिका र टेक्ससबाट ६ लाख ५ हजारको भिडियो क्यामरा सहयोग

SHARE:

काठमाडौं ३ मार्च २०२६ । कार्यक्रम डम्फु सेलोलाई तामाङ समाज उत्तर अमेरिका र तामाङ समाज टेक्ससले भिडियो क्यामरा सहयोग गरेको छ ।

यही फागुन १६ गते शनिबार छायांकन कार्यक्रममा तामाङ समाज उत्तर अमेरिकाका बोर्ड सदस्य ज्ञानेन्द्र घलान तामाङ र तामाङ समाज टेक्ससका उपाध्यक्ष रत्न मोक्तान तामाङले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । उक्त क्यामरालाई ४ हजार १ सय ५८ अमेरिकी डलर अर्थात् ६ लाख ५ हजार परेको सदस्य घलानले जानकारी गराएका छन् ।

सेलोलाई विश्वव्यापी बनाउने अभियानमा यो सहयोगले महत्वपूर्ण योगदान पुग्ने घलानले विश्वास व्यक्त गरे । क्यामरा खरिदका लागि घलानकै पहलमा रकम संकलन भएको थियो ।

डम्फु सेलो कार्यक्रम २०८१ जेठ ११ गतेदेखि इन्डिजिनियस टेलिभिजन र आइटिभि नेपालमा प्रत्येक शुक्रबार राति ८ बजे प्रसारण हँदै आइरहेको छ ।

कार्यक्रमलाई भिडियो क्यामरा सहयोग गरेको तामाङ समाज उत्तर अमेरिका र तामाङ समाज टेक्ससलाई डम्फु सेलो परिवारले धन्यवाद व्यक्त गरेको छ । डम्फु सेलो परिवारले कार्यक्रम निरन्तरताका लागि पछिल्लो समयमा सहयोग अभियान नै सञ्चालन गरेको छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!