यसअघि बलात्कारको बारेमा आएको विवादलाई मैले विपक्षीले बढाइचढाइ गरेको होला, एक जना कानुनका विद्यार्थी महिलाले कसरी यस्तो कुरा गर्लान् भनेर खासै वास्ता गरेको थिइन । पछि माफी मागे भन्ने आयो – कुनै सन्दर्भमा कसैको बुझाइ गलत हुनु अनौठो होइन, बुझेर अघि बढिसकेपछि समस्या रहेन भन्ने लागेको थियो ।
तर, आज फेरी गुरुङ र थारु समुदायका बारेमा जे अभिव्यक्ति भाइरल बनिरहेको छ, त्यो हेरे/सुनेपछि भने थाहा भयो यिनको सोचमै खोट रहेछ ।
यिनको कुरा सुनेपछि लागेको,
पहिलो कुरा: कुनै जाति वा समुदाय सोझो, चलाख, बाङ्गो, अपराधी, अल्छी देख्नु भनेको जातिवादी सोच हो । औपनिवेशिक मानसिकता हो ।
दोस्रो कुरा: चुनावकै मुखमा पैसा दिए लिनु भोट चाही इमान्दार नेतालाई दिनु भन्नले अपराधकर्मलाई प्रोत्साहित गरिरहेका छन्–चुनावमा भोटका लागि पैसा दिनु–लिनु अपराध हो । साथै नेता नागरिकलाई धोका दिन सिकाउँदैछ । नागरिकलाई अनैतिक हुन सिकाउने नेता इमान्दार कसरी होलान्?
बङ्ग्यायो भनेर भन्ला भनेर उनले बोलेको जस्ताको तस्तै राखिदिएको छु, भिडियो चाही कमेन्टमा छ है ।
“तपाईहरुको समुदाय गुरुङ र थारु समुदाय, यो समुदाय बास्तवमै भन्ने हो भने निक्कै सोझो समुदाय हो । हेर्नस्, तपाईहरु जस्तो वर्ग र समुदायलाई अहिले पैसाले किन्न सक्ने वर्ग हो भनेर आज त्यसरी सोच बनाइराखेका छन् । त्यसैले तपाईहरुको समुदायप्रति धोका पनि धेरै हुन्छ, धोका पनि धेरै दिइन्छ के । तपाईहरुलाई चाही एउटालाई भने पछि हुन्छ यो समुदायलाई भन्ने किसिमको सोच राखिन्छ । र जब जब निर्वाचनको अन्तिम् अन्तिम् समय आउँछ । त्यो अन्तिम् अन्तिम् समयमा तपाईहरुलाई प्रभावित पार्न आउँछन् भने नलिनुस् भन्दिन म, लिनुस् तपाईहरुलाई कसैले दिन्छ भने तपाईहरुकै पैसा हो । चुनावको मुखमै भएपनि दिन्छन् लिनुस् । त्यो राख्नु पर्छ । तर भोट यो पाली इमान्दार नेतृत्वलाई नेतृत्वलाई दिनुपर्छ । तर भोट यो पाली राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्छ ।”


