गुरुङ र थारुबारे सोविता गौतमको अभिव्यक्तिविरुद्ध तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनको आपत्ति

SHARE:

चितवन ३ मार्च २०२६ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा चितवन क्षेत्र नं. ३ की उम्मेदवार सोविता गौतमले हालै एक चुनावीसभालाई सम्बोधन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, जिल्ला कार्यसमिति चितवनले गम्भीर आपत्ति जनाएको छ।

परिषद्ले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै गुरुङ तथा मगर समुदायप्रति लक्षित अभिव्यक्ति गैरजिम्मेवार, भ्रामक तथा अपमानजनक भएको उल्लेख गरेको छ। विज्ञप्तिमा उम्मेदवार गौतमले यस क्षेत्रका जनजाति समुदायलाई ‘पैसामा किनिने र बेचिने वर्ग’ जस्तो टिप्पणी गरेको दाबी गरिएको छ, जसले समुदायको मान, स्वाभिमान र पहिचानमाथि आघात पुगेको परिषद्को भनाइ छ।

परिषद्ले जनजाति समुदायलाई पैसासँग जोडेर वर्गीकृत गर्नु संकीर्ण र नश्लवादी सोचको प्रतीक भएको जनाएको छ। साथै, मतदातालाई आर्थिक प्रलोभनसँग जोडेर अभिव्यक्ति दिनु निर्वाचन आचारसंहिताविपरीत तथा लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार भएको विज्ञप्तिमा उल्लेख छ।

तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् चितवनले सोविता गौतमलाई आफ्नो अभिव्यक्तिप्रति सार्वजनिक रूपमा माफी माग्दै लिखित स्पष्टीकरण दिन माग गरेको छ। अन्यथा, सम्बन्धित दल र उम्मेदवारविरुद्ध थप कदम चाल्ने चेतावनी समेत परिषद्ले दिएको छ। ‘हाम्रो स्वाभिमान, हाम्रो पहिचान हो, यसमा खेलवाड गर्ने छुट कसैलाई छैन,’ विज्ञप्तिमा भनिएको छ।

यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी वा उम्मेदवार सोविता गौतमको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!