तमु समाज युकेको ल्होछार/ल्होसार तयारी बैठक सम्पन्न

SHARE:

एटा संवाददाता
लण्डन । तमु समाज युकेले विगत वर्षहरुमा जस्तै यसबर्ष पनि २९ डिसेम्बरका दिन तमु (गुरुङ) हरुको मौलिक तथा सांस्कृतिक एवम् ऐतिहासिक महान चाड तमु ‘फो’ ल्होछार/ ल्होसार धुमधामले मनाउनका लागि ल्होछार/ल्होसारको दोस्रो बैठक २५ नोबेम्बेर २०१८ मा तमु समाज युकेको आफ्नै भवनमा सम्पन्न भयो ।

ल्होछार/ल्होसारको तयारी बैठक गएको बैठकमा अधुरो रहेका कामहरुबाट सुरु गरिएको थियो । बैठकले संस्थाका संयोजक कमल गुरुङ र केदार गुरुङले सबै कार्यक्रमको संयोजन गर्ने, कल्चरल सेक्रेटरी सरु गुरुङले र आमा समूहकी अध्यक्ष बिन्दु घलेले कलरल डान्सको तयारी गर्ने निर्णय गरेको छ ।

त्यस्तै, हरिमान गुरुङले खाना, पूर्वअध्यक्ष शिवशरण गुरुङले स्टेज डेकोरेशन, निवर्तमान अध्यक्षले सर्टिफिकेट लगायत प्रिन्टको तयारी गर्ने, उपाध्यक्ष शिव कुमारले भिआईपी सिटिङ्ग प्लान गर्ने र आमा समूहको अध्यक्ष बिन्दु घलेले अतिथिहरुलाई स्वागत तथा हेरविचार गर्ने भएको छ । साथै, बैठकले कोषाध्यक्ष यम गुरुङ र सह कोषाध्यक्षलाई अर्थ व्यवस्थापन, ओमकार गुरुङ तथा टेक गुरुङलाई फोटोग्राफी र बिशन गुरुङलाई भिडियोमा जिम्मा दिने निर्णय गरेको छ ।

बैठकले सेक्रेटरी बुद्धि गुरुङले सेक्युरिटी टिम मिलाउने, उपाध्यक्ष कन्या प्रसाद गुरुङले अतिथिहरुलाई खाना र पेय पदार्थको व्यवस्था गर्ने, अध्यक्ष र संस्थापक अध्यक्षले सबै ठाउँमा हेर्ने जिम्मेवारी बाँडफाँड गरेको छ । बैठकमा संस्थापक अध्यक्ष, निवर्तमान उपाध्यक्ष ले. मिम र बिजु गुरुङको पनि उपस्थिति रहेको थियो । अन्तमा उपाध्यक्ष कन्या प्रसादले मिठो खानाको व्यवस्था गरेका थिए ।

संस्थाका कोषाध्यक्ष यम गुरुङबाट आर्थिक विवरणबाट सुरु भएको तयारी बैठकलाई अध्यक्ष शिवचन्द्र गुरुङले अध्यक्षता र महासचिब हर्क गुरुङले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!