को हुन् जो केन्ट, जसले ट्रम्पलाई इरान युद्ध गलत हो भन्न सके?

SHARE:

राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वास गरेर राष्ट्रिय प्रतिआतंकवाद केन्द्रको प्रमुख बनाएका जोसेफ केन्टले इरान युद्धको विरोध गर्दै राजीनामा दिएपछि यस विषयले व्यापक चर्चा पाएको छ । उनले ट्रम्पलाई बुझाएको राजीनामा पत्रमा निम्न विषयहरू प्रमुख रूपमा उठाइएका छन्:
• इरानसँग भइरहेको युद्धलाई समर्थन गर्न सक्दिनँ, किनकि इरानले अमेरिकालाई तत्काल कुनै खतरा दिएको छैन ।
• यो युद्ध इजरायल र अमेरिकी लबिको दबाबका कारण सुरु भएको हो ।
• यो ट्रम्पको चुनावी एजेन्डा र “अमेरिका फष्ट” नीतिको विरुद्धमा छ ।
• सुरुमा ट्रम्पले मध्यपूर्वका युद्धहरूलाई “जाल” भनेर बुझे पनि पछि भ्रममा परेका छन् ।
• इजरायली अधिकारीहरू र अमेरिकी मिडियाले गलत सूचना फैलाएका छन् ।
• इराक युद्धजस्तै यहाँ पनि गलत आधारमा अर्को युद्धमा धकेलिएको छ ।
• इरानसम्बन्धी निर्णयमा पुनर्विचार गरी नयाँ बाटो रोज्नुपर्ने आवश्यक छ ।

को हुन् जो केन्ट?
केन्टले आफ्नो राजनीनामामा आफू ११ पटक युद्धमा खटिएको सैनिक र “गोल्ड स्टार परिवार”को सदस्य भएको उल्लेख गरेका छन् । “गोल्ड स्टार परिवार” भन्नाले युद्धमा आफ्ना परिवारका सदस्य गुमाएको परिवारलाई जनाउँछ । अमरिकी समाजमा यसलाई विशेष रुपमा हेरिन्छ ।
उनकी श्रीमती शानोन् केन्ट पनि सैनिक सेवामै थिइन्। उनी अमेरिकी नेभीमा खुफिया सेवामा कार्यरत थिइन् र सिरियामा भएको आक्रमणमा उनको मृत्यु भएको थियो ।

केन्ट स्वयं अमेरिकी पूर्व सैनिक, राष्ट्रिय सुरक्षा विशेषज्ञ तथा रिपब्लिकन राजनीतिज्ञ हुन् । उनले अमेरिकी सेनाको विशेष बलमा सेवा गर्दै आतंकवादविरुद्धका विभिन्न अभियानहरूमा सक्रिय भूमिका खेलेका छन् ।

उनी ट्रम्पको “किचेन क्याबिनेट” का सदस्य भने होइनन्, तर लामो समयदेखि ट्रम्पको “अमेरिकी फष्ट” अभियानका समर्थकका रूपमा चिनिन्छन् । विशेषगरी अनावश्यक युद्धको विरोधमा उभिने व्यक्तिका रूपमा उनको पहिचान रहेको छ ।

ट्रम्पले उनलाई राष्ट्रिय प्रतिआतंकवाद केन्द्रको प्रमुख बनाएका थिए, तर इरान युद्धको विरोध गर्दै उनले राजीनामा दिएका छन् ।

असर के पर्ला?

यस घटनाले अमेरिकी खुफिया एजेन्सी तथा ट्रम्प प्रशासनभित्र इरान युद्धका विषयमा मतैक्यता नभएको देखाएको छ। साथै “अमेरिका फष्ट” धारभित्रै पनि मतभेद रहेको संकेत दिएको छ ।

यसले ट्रम्पलाई नैतिक रूपमा केही कमजोर बनाएको देखिए पनि उनले उल्टै केन्टमाथि अनुसन्धान अघि बढाएका छन् । यद्यपि, तत्काल युद्धको दिशा वा अवस्थामै ठूलो परिवर्तन आउने सम्भावना भने देखिँदैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!