दक्षेपू तमुधिं लन्डनको सातौं अधिवेशन सम्पन्न

SHARE:

लन्डन । दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डनको सातौं अधिवेशन अत्यन्त भव्यताको साथ सम्पन्न भएको छ ।

फाल्कोनवुड, केन्टको फाल्कोनवुड कम्युनिटी सेन्टरमा २५ नोभेम्बरको दिन दक्षेपू तमुधिं लन्डनको सातौं अधिवेशन सम्पन्न भएको हो । संस्थाका महासचिव ह्यारी गुरुङले सञ्चालन गरेको अधिवेशनलाई अध्यक्ष श्रीचन्द्र गुरुङले सभापतित्व ग्रहण गरेका थिए । आसन ग्रहणको कार्यक्रमपश्चात् अध्यक्षलगायत वरिष्ठ व्यक्तित्वहरूद्वारा द्वीप प्रज्वलन गरी कार्यक्रमलाई उद्घाटन गरेका थिए ।

नेपाल र बेलायतको राष्ट्रिय धुन बजाएर सुरु गरेको कार्यक्रमलाई संस्थाको उपाध्यक्ष सुमन गुरुङले स्वागत मन्तव्य प्रकट गर्दै हलमा उपस्थित सदस्यहरूलाई स्वागत गरेका थिए । संस्थाका पूर्वप्रमुख तथा संस्थापक सल्लाहकार मोहन गुरुङ, पूर्वअध्यक्षहरू क्रमशः हरिगोविन्द गुरुङ, क्या.रि. नारायनबहादुर गुरुङ, चन्द्रमान गुरुङ तथा संस्थाकी उपाध्यक्ष कमला गुरुङ लगायतले शुभकामना मन्तव्य राखेपछि महासचिव गुरुङले आफ्नो प्रतिवेदन हललाई प्रस्तुत गरेका थिए । त्यसपछि कोषाध्यक्ष अर्चना गुरुङले आर्थिक विवरण पेस गरेकी थिइन् । दुवै प्रतिवेदनलाई हलले सर्वसम्मत अनुमोदन गरी पारित गरेको थियो ।

संस्थाको विधानबारे कार्यकारी समितिले विधानका केही बुँदा र धाराहरूलाई परिमार्जित गरी अधिवेशनमा अनुमोदन गर्नेगरी पारित गरेको थियो । ती सबै संशोधित तथा थप धाराहरूलाई संस्थाका विशेष सल्लाहकार तथा विधान कमिटीका संयोजक सुमलकुमार गुरुङले प्रस्तुत गरेका थिए । धेरै छलफलपश्चात् हलले ती सबै संशोधित तथा थपघट गर्नुपर्ने बुँदा वा धाराहरूलाई सर्वसम्मत अनुमोदन गरी पारित गरेको थियो ।

अधिवेशनको प्रक्रियाअनुरुप सभाध्यक्ष, श्रीचन्द्र गुरुङले आफ्नो चार वर्षको कार्यकालमा गरेका गतिविधिहरू प्रस्ट पारेका थिए । बोल्ने क्रममा आफ्नै कार्यकालमा समाजको घर किन्न सफल, संस्थाका सदस्यहरूबाट उठाइएको एक लाख साठी हजार निब्र्याजी ऋण लगभग तिरिसकेको साथै यस कार्यका लागि आमा समूहको विशेष पहल रहेको कुरा सम्बोधन गरी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले प्रत्येक सहयोगी सदस्यहरूलाई धन्यवाद प्रकट गरेर सातौं कार्यकारी समिति विघटन भएको घोषणा गरेका थिए । त्यसपश्चात् उनले निर्वाचन कमिटीका अध्यक्ष क्या.रि. नारायणबहादुर गुरुङ एमभिओ, सदस्यद्वय हरिगोविन्द गुरुङ तथा चन्द्रमान गुरुङलाई आठौं कार्यकारी समिति गठनका लागि आव्हान गरेका थिए ।

बन्दसत्र घोषणा गरेपश्चात् नयाँ कार्यकारी समिति गठनको पहल भएको थियो । क्या.रि. नारायणबहादुर गुरुङ, एमभिओको अध्यक्षतामा गठन निर्वाचन मण्डलले आठौं कार्यकारी समिति संंस्थाका नवनिर्वाचित अध्यक्ष हिराप्रसाद गुरुङको नेतृत्वमा २२ सदस्यीय कार्यकारी समितिको गठन सफलता सथा गठन गरेको छ । पदाधिकारीहरू क्रमशः अध्यक्ष, हिराप्रसाद गुरुङ, चारजना उपाध्यक्षहरू योगेश गुरुङ, सुमन गुरुङ, ह्यारी गुरुङ र पार्वती गुरुङ, महासविचमा डम्बर गुरुङ, कोषाध्यक्ष लछुमान गुरुङ, सहसचिव चन्द्रदेवी गुरुङ चयन भए । सदस्यहरूमा वीरबहादुर गुरुङ, नन्दजंग गुरुङ, धनबहादुर गुरुङ, रिमा गुरुङ, खड्का गुरुङ, लक्ष्मी गुरुङ, विष्णु गुरुङ, तारा गुरुङ, याम गुरुङ, सारादेवी गुरुङ, कमला गुरुङ, दिता गुरुङ र धन (ज्योति) गुरुङ रहेका छन् ।

निर्वाचन मण्डलका सदस्य हरिगोविन्द गुरुङद्वारा घोषणा गरेको नवनिर्वाचित कार्यकारी समितिलाई निर्वाचन मण्डलका अध्यक्ष, क्या.रि. नारायनबहादुर गुरुङ एमभिओले शपथ ग्रहण गराएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!