ल्होछार/ल्होसार तयारी बैठक सम्पन्न

SHARE:

मान गुरुङ
अल्डरसट । गोर्खा जिल्ला गुरुङ समाज युकेले आगामी ल्होछार/ल्होसार तयारी गरेको छ । गत शनिबार अल्डरसटस्थित माउसटेल वेभ सर्भिसेसको कार्यालयमा बसेको बैठकले सो कार्यक्रमको तयारी गरेको हो । आउने डिसेम्बर २९ शनिबार हकिङ्ग कम्युनिटी सेन्टर फोक्सटोन, केन्टमा मनाउन लागेको कार्यक्रमलाई व्यवस्थित रुपमा आयोजना गर्नका लागि कार्यसमितिका पदाधिकारीहरुले आ–आप्mनो राय, सल्लाह र सुझावहरु पेश गरेका थिए ।

समाजका एरिया रेप क्याप्टेन रिटायर्ड शेरबहादुर गुरुङको संयोजकत्वमा ल्होछार/ल्होसार तयारी समिति गठन गरेको छ । सो समितिमा समाजमा उपाध्यक्ष नैना गुरुङ सहसंयोजक, सल्लाहकार गौतम गुरुङ र सचिव मदन गुरुङ सदस्य रहेका छन् । सोही अवसरमा भूकम्पपीडित सुरज गुरुङको उपचारार्थ एक हजार १३६ पाउण्ड हस्तान्तरण गरियो । त्यस्तै, मिस युके नेपाल २०११ गौमाया गुरुङले गोर्खाको जनज्योति उच्च मावि चिप्लेटी शिरानचोकमा आयोजना गर्न लागेको आँखा शिविरका लागि ५०० पाउण्ड र गोर्खा वेलफेयर ट्रष्टका लागि सहयोग गर्ने निर्णय गरियो ।

गोर्खा जिल्ला गुरुङ समाज युकेका अध्यक्ष फडकजीत गुरुङको अध्यक्षता सम्पन्न बैठकलाई महासचिव मान गुरुङ संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!