तनहुँ । बेलायत निवासी समाजसेवी अनिता राना मगर र कुमार राना मगर दम्पतीले दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलनका लागि आर्थिक सहयोग गरेका छन् ।
आगामी २०८३ वैशाख ४ र ५ गते तनहुँको रिसिङ गाउँपालिका–१, झापुटारमा आयोजना हुने “दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन–२०८३” का लागि राना दम्पतीले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
राना दम्पतीलगायतको सहयोगले सम्मेलनको तयारी तथा व्यवस्थापनमा महत्वपूर्ण टेवा पुगेको आयोजक समितिले जनाएको छ। मगर समुदायको मौलिक कला, संस्कृति र कौराहा परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस सम्मेलनलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ ।
आयोजकले सहयोगदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै सहयोग र साथ प्राप्त हुने अपेक्षा गरेको छ ।
सम्मेलन नेपाल मगर सांस्कृतिक संघ, केन्द्रीय समितिको आयोजना, राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपाल, नेपाल मगर संघ जिल्ला समन्वयन समिति तनहुँको सहआयोजकमा हुँदै छ ।
सम्मेलनको व्यवस्थापन भने नेपाल मगर सांस्कृतिक संघ गण्डकी प्रदेश, नेपाल मगर संघ तनहुँ-काठमाडौं सम्पर्क समिति, नेपाल सांस्कृतिक संघ जिल्ला कार्यसमित तनहुँले गर्नेछन् ।






