एनआरएनए स्कटल्यान्डको शपथ ग्रहण

SHARE:

एटा संवाददाता
स्कटल्यान्ड । हालै गठन भएको गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषद कार्यसमितिको शपथ ग्रहण गरिएको छ । गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी, उपाध्यक्ष ललित न्यौपाने, सल्लाहकार डा. रामकुमार अधिकारीले स्कटल्याण्ड राज्य परिषदका अध्यक्ष मोहन कार्कीको नेतृत्वमा गठित समितलाई सपथ ग्रहण, प्रमाणपत्र वितरण र सम्मान गरेको थियो ।

सो समारोहमा बोल्दै एनआरएनए युकेका अध्यक्ष फगामीले स्कटल्याण्डमा राज्य परिषदको गठनबाट एनआरएनए युकेको इतिहासमा नयाँ आयाम थपिएको र स्कटल्याण्डमा एनआरएनएको भूमिकालाई सशक्त गर्नपर्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै नवगठित स्कटल्याण्ड राज्य परिषदका अध्यक्ष कार्कीले एनआरएनए स्कटल्याण्डले नेपालीहरुको दोहारो नागरिकताको अभियानमा कटिबद्ध भएर लाग्ने बताए । एनआरएनए युकेका सल्लाहकार डा. रामकुमार अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्कटल्याण्ड राज्य परिषदका संरक्षण भोला खनाल, स्कटल्याण्ड राज्य परिषदका सचिव कृष्ण दाहाल र प्रकाश अर्यालले स्कटल्याण्डमा एनआरएनएको आवस्यकता र भूमिकाबारे चर्चा गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!