‘बबी’ टिम युकेबाट सहारालाई सहयोग

SHARE:

एटा संवाददाता
लन्डन । ‘बबी’ टिम युकेको तर्फबाट सहारा फुटबल क्लब पोखरालाई पचास हजार सहयोग गरिएको छ ।

सत्य कथामा आधारित चलचित्र बबी नेपालमा दर्शकहरुले अत्यधिक मन पराएका थिए । सो चलचित्रमा वास्तवमा दुई जोडीले अन्तरजातीय विवाह गरेको घटनालाई समेटेको छ । ती जोडी थिए, उमेश थापा र कविता गुरुङ । उनीहरु आफ्नै जिन्दगीमा भएको सत्य घटनालाई आफंै नायक÷नायिकाको रुपमा प्रस्तुत भएका छन् ।

बबी चलचित्र नेपाल अनि विदेशमा पनि अति मन पराएको हुँदा बेलायतमा पनि बबी समूह युकेले गत २३ सेप्टेम्बरबाट विभिन्न सहरमा प्रदर्शन गरेको थियो । यसरी प्रदर्शन गरी मुनाफ भएको रकम बबी समूह युकेले सहारा क्लब पोखरालाई सहयोग गर्ने निधो गरेका थिए ।

गत १ डिसेम्बर २०१८ को साँझ सहारा युकेको दसौं च्यारिटी रात्रिभोजको भब्य समारोहमा बबी समूह युकेको तर्फबाट क्रिस गुरुङ, सविन्द्रकुमार गुरुङ, सुर्य गुरुङ र शारदा गुरुङले सहारा युकेको अध्यक्ष मिनबहादुर गुरुङ (साइँला) लाई बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, अल्डरसट क्षेत्रका सांसद लिओ डोचेर्टी र सम्पूर्ण अथितिहरुकामाझ पचास हजारको चेक हस्तान्तरण गरेका थिए ।

साथै सहारा युकेको तर्फबाट बबी समूह युकेलाई नेपाली राजदूत सुवेदीबाट सम्मान स्वरूप खादा र प्रशंसा पत्र प्रदान गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!