एनआरएनए युकेले प्रधानमन्त्री ‘मे’ लाई भेट्दै

SHARE:

एटा संवाददाता
अल्डरसट । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले संयुक्त अधिराज्यका प्रधानमन्त्री टेरिजा मेलाई ६ जनाको टोलीले भेट्ने भएको छ । सन् २०२१ मार्च महिनामा हुन गइरहेको संयुक्त अधिराज्य बेलायतको राष्ट्रिय जनगणनामा नेपालीहरुको पहिचानको रुपमा नेपाली ‘क्याटोगोरी’ राख्न अनुरोध पत्र लिएर प्रधानमन्त्री कार्यालय जान लागिएको हो ।

सो टोलीमा युके नेपाल फ्रेन्डसीप सोसाईटीका डाइरेक्टर एलान सान्ट, रसमुर बोरो काउन्सिल डिलर डेविड क्लीफोर्ड, एनआरएनए युकेका अध्यक्ष योग कुमार फगामी, उपाध्यक्ष पुनम गुरुङ, गे्रटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासे र सहारा युकेका अध्यक्ष मिन गुरुङ रहेका छन् । उक्त कुरा एनआरएनए युकेले अल्डरसटस्थित एनआरएनए कार्यालयमा गत बुधबार २८ नोभेम्बरका दिन पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।

एनआरएन युकेका अध्यक्ष योग कुमार फगामीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन सहितको बैठकमा जनगणनाको बारेमा व्यापाक रुपमा छलफल भएको थियो । सो अवसरमा युके नेपाल फ्रेन्डसीप सोसाईटीका डाइरेक्टर एलान सान्टले प्रधानमन्त्री मेसँग भेटको लगि समय मिलाइएको बताए । त्यस्तै, रसमुर बोरो काउन्सिल डिलर डेविड क्लीफोर्डले नेपाल र बेलायतको २०० बर्षको ऐतिहासिक सम्बन्धको बारेमा बोल्दै आफ्नो तर्फबाट गर्नसक्ने सहयोग गर्ने विश्वास व्यक्त गरे ।

सो बैठकमा रसमोर बरो काउन्सिलका डेभीड ल्कीफोर्ड, एनआरएन युकेका पूर्व अध्यक्ष योगेन क्षेत्री, उपाध्यक्षहरु पुनम गुरुङ, शेरबहादुर सुनार, प्रेम गाहा मगर, एनआरएनए अग्रज थर्क सेन, रसमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव वेलवासे, पूर्व अध्यक्ष ओम थापा, उपाध्यक्ष रामधन राई, तमुधी युकेका उपाध्यक्ष हित काजी गुरुङ, सहारा यूकेका अध्यक्ष मिनबहादुर गुरुङ, एनआरएन युकेका सल्लाहकारहरु दिलरास गुरुङ र पत्रकार वाचस्पति रेग्मी र मिलन तमुको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!