अन्तराष्ट्रिय पर्वत समाजको भेला दुवईमा हुदै

SHARE:

एटा संवाददाता

लन्डन । अन्तराष्ट्रिय पर्वत समाजको अागामी फेब्रुअरी २८ र मार्च १ तारिखका दिन   युएईको दुवईमा बृहत भेला हुने भएको छ । युकेमा सम्पन्न च्यारिटीका अबसर मध्यपुर्वमा एक बृहत भेला गर्ने घोषणा अनुसार लामो समय देखी समाजमा बृहत भेला गर्ने बारे छलफल भईरहेकोमा गत सोमबार वसेको सचिवालय बैठकले युएईको दुवईमा कार्यक्रम गरिने निर्णय गरेको हो । समाजको अागामी सेप्टेम्वर अक्टोवरमा नेपालमा हुने अधिबेशनको पूर्व तयारि , अहिले सम्म गरिएका कार्यहरुको समिक्षा , खाडि मुलुकमा रहेका नेपाली कामदारहरुको समस्या र त्यसका समाधानको खोजी, पर्वत जिल्लामा रोजागारी अभिबृद्धिका लागी लगानी र त्यसका लागी अबसर चुनौती र लगानीका क्षेत्रहरु लगायत बिबिध बिषयमा छलफल गरिने समाजका महासचिव गुणराज शर्माले बताए ।

अन्तराष्ट्रिय पर्वत समाजको बृहत बैठक गत साल डिसेम्वरमा वेल्जियममा बसेको थियो भने, यहि जुन महिनामा बेलायतमा च्यारिटी कार्यक्रम गरिएको थियो । यस बृहत भेलाको संयोजन पर्वत सेवा समाज युएईले गर्नेछ भने संसारभर छरिएर रहेका पर्वतेलीहरुको कुम्भमेला हुने बिश्वास लिएको र आगामी आईतवार बस्ने समाजको स्काईप बैठक पछि विस्तृत जानकारी गराउने समाजका अध्यक्ष पूरन गिरीले बताए  । कार्यक्रमलाई एतिहासिक र ब्यवस्थित बनाउनका लागि छिट्टै बैठक बसि विभिन्न उपसमिती बनाई तयारी अगाडि बढाउने आयोजक पर्वत सेवा समाज युएईका अध्यक्ष परशुराम पौडेलले जानकारी दिए  । एनअारएनएको नेतृत्व तह देखी बिभिन्न देशका एनसिसिको नेतृत्व गरिरहेका पर्वतेलिहरुको उपस्थिति रहने सो भेलालाई अर्थपुर्ण रुपमा हेरिएको अध्यक्ष गिरीले  जनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!