लन्डन । बर्न्ट ओक नेपाली समाज यूकेको ‘साझा घर’को बुधबारे कार्यक्रममा यसपटक गायिका निर्जला गुरुङले प्रस्तुति दिएकी छन् । २२ अप्रिल २०२६ मा साझा घरको बुधबार दुईगुना सुखद् रहेको बर्न्ट ओक नेपाली समाज यूकेका अध्यक्ष खमिर जङ गुरुङले बताए । उनका अनुसार मातातीर्थ औंशीका उपलक्ष्यमा उत्तम पौडेल तथा धर्मपत्नी रमा पौडेलसहित उनको परिवारले मिठो परिकारका साथ बुधबारे सत्रलाई प्रायोजन गरेका थिए ।
नेपालबाट आएकी प्रसिद्ध गायिका निर्जला गुरुङको उपस्थिति र उनकै गीतहरुमा उनीसँगै छमछम नाच्न पाएको अवसरले अझै विशेष बनायो । यसरी मिठो मिठो खाना खुवाउने उत्तम पौडेलको परिवारलाई अध्यक्ष गुरुङले धन्यवाद दिँदै बर्न्ट ओक नेपाली समाज प्रतिभाशाली गायिका निर्जला गुरुङलाई पनि आफ्नो प्रस्तुतिले कार्यक्रमको शोभा बढाइ दिएकोमा धन्यवाद ज्ञापन गरे ।












