विचार : नेपाल बदलिने क्रममा छ

SHARE:

कसैका हातमा म्याजिकस्टिक त छैन नै तर नियत सफा र ईच्छाशक्ति हुने हो भने नहुने त रहेनछ त । फेरि यो सबै एउटै व्यक्ति, संस्था या निकायकै कारण भएको हो भनेर मान्नु पनि पुरै गलत हो न त यो केही वर्षमै भएको हो, यसमा सबैको उत्तिकै योगदान छ । देश बदलिने क्रममा छ अनी यसको गति यतिबेला सोचेको भन्दा राम्रो छ ।

लय लिँदैछ । यो लयलाई सबैले साथ दियौं भने काठमाण्डू लगायतको अन्य प्रमुख शहरहरु संसारकै पर्यटकहरुका लागि Must Visit Places का रुपमा परिणत हुनेछन् ।

काठमान्डूका बागमती लगायतका करिडोरहरुका लागि तयार गरिएका पूर्वाधारहरु, सरसफाइमा दिइएको एफोर्ट, ट्राफिक व्यवस्थापन, व्यस्त र संवेदनशील चोकहरु,गेटहरु,सार्वजनिक स्थानहरुमा जडान गरिएका सीसीटीभी क्यामराहरु, सुरक्षा निकायहरुका तैनाथीहरु, सबै देख्दा बडों गज्जब लाग्यो । पशुपतिनाथ मन्दिर प्रांगणको सरसफाइलेले पनि राम्रै फड्को मारेछ । तर बागमतीको फोहर व्यवस्थापनमा अझै ध्यान दिन पाए हुने । कमसेकम आर्यघाट वरपर चौबिसै घण्टा सुरक्षाकर्मी नै राखेर कसैलाई फोहर गर्न नदिने हो भने छिट्टै बागमती सफा हुने थियो ।

अब यो विकास सँगसँगै व्यवस्थापनमा ध्यान दिनु अझै जरुरी छ । खासगरी नागरिक चेतनामा अबको सरकारले काम गर्न जरुरी छ । हरेक नागरिकले आफ्नो अधिकार सँगसँगै कर्तव्यको बोध गराउन पाए कति गज्जब हुने थियो । यातायात मन्त्रालयको लाईसनिङ विभागले ईश्यु गरेका हरेक लाईसेन्स होल्डरहरुका लागि गाडी कसरी चलाउने (अगाडि बढाउने) मात्रै नभएर एउटा सवारी चालकले रोडमा निस्किसकेपछि के कस्ता गतिविधिहरुमा ध्यान दिनुपर्छ, अरु रोडयुजरहरुलाई कसरी सम्मानसहित सहज र व्यवस्थित गराउने, पैदलयात्रीहरुका लागि कुन स्तरको प्राथमिकता दिने, साईकिल मोटरसाइकिलहरु चालकहरुका निमित्त अझै कडा नियमसहित मोबाइल फोन कसरी प्रयोग गर्ने, सवारी साधनहरुको गुणस्तर र यसबाट वातावरणमा पार्ने नकारात्मक प्रभाव र नियन्त्रणमा निश्चित मापदण्ड लगाउने र यसमा कडाई गर्ने, ईत्यादिका बारेमा एकदम दक्ष प्राविधिक टिमबाट एक महिने विशेष तालिम लिनै पर्ने त्यसपछि मात्रै त्यो लाईसेन्स भ्यालिड हुने व्यवस्था गर्न सके कति गज्जब होला ?

गर्नुपर्ने धेरै छ त्यो भन्दा महत्त्वपूर्ण कुरा के हो भने जे जस्ता कामहरु भइरहेका छन् यी अझै धैरै भइरहेका छन् । राम्रा कामहरुमा शून्य पक्षधरता Zero Bias का आधारमा तारिफ गरौं अनि गलत कामहरुलाई सजग गराऊँ, विरोध गरौं, हरेक विषयमा आँफ्नै अनुकूल दृष्टिकोणबाट मात्रै हेर्ने बानी हटाऔं, राजनैतिक रंग, धार्मिक रंग, जातीय रंग या क्षेत्रीय रंग दिनै नपर्ने कुराहरुमा सजग बनौं, सबै कुराहरु राम्रो हुने लक्षण छन् । हामी सकारात्मक हुन सकौं /सिकौं केही वर्षमा तपाईं हामीले कल्पना गरेको नेपाल बन्ने छ । सबैको जय होस् ।

(बागमती करिडोरलगायतका अन्य करिडोरका वारिपारि अनि बस स्टपहरुका प्रतिक्षालयको रुपमा बनाइएका अत्यन्त सुन्दर र कलात्मक “फल्चा”हरु विश्वकै पर्यटकहरुका लागि विशेष चिनारी (सिग्नेचर स्टफ) रहेछन् ।)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!