बुद्धिस्ट गुम्बा रेडिङ युकेले १ मेमा बुद्ध जयन्ती मनाउने

SHARE:

लन्डन । बुद्धिस्ट गुम्बा रेडिङ युकेले आउँदो १ मे २०२६ मा बुद्ध जयन्ती मनाउने भएको छ ।

ल्हात्से टुल्कु रिम्पोछेलगायत गुरुहरुको उपस्थितिमा २५७० औं बुद्ध जयन्ती समारोह आयोजना गर्न लागिएको महासचिव कमल गुरुङले जानकारी दिएका छन् ।

कार्यक्रम बुद्धिस्ट गुम्बा रेडिङमा हुनेछ । समारोहमा बुद्ध पूजा र प्रार्थना, धार्मिक प्रवचन र सामूहिक भोजन हुने आयोजकले जनाएका छन् ।

कार्यक्रममा उपस्थित हुन बेलायतवासी बुद्ध मार्गीहरुमा बुद्धिस्ट गुम्बा रेडिङले आग्रह गरेको छ ।

बुद्धिस्ट गुम्बा रिडिङ युके शनिबार मात्रै ९ वर्ष पूरा भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!