दुरा सेवा समाज बेलायतको १८औं वार्षिक उत्सव एवं भेटघाट कार्यक्रम सम्पन्न

SHARE:

लन्डन । दुरा सेवा समाज बेलायतको १८औं वार्षिक उत्सव एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

२५ अप्रिल २०२६ शनिबारका दिन इटालियन कम्युनिटी एसोसिएसन (आईसीए) मा दुरा सेवा समाज यूकेको वार्षिक उत्सव एवं भेटघाट कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष सिंहबहादुर दुराको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दुरा सेवा समाज बेलायतका संथापक अध्यक्ष एवं पूर्वसल्लाहकार तथा आदिवासी जनजाति महासंघ बेलायतका सल्लाहकार कर्ण बहादुर दुरा र दुरा सेवा समाज बेलायतका ज्येष्ठ अभिभावक कुम्भ सिंह दुरा थिए ।

विशेष अतिथिहरुमा पूर्वअध्यक्ष एवं सल्लाहकारहरु श्रीप्रसाद दुरा र ईन्द्रबहादुर दुरा, दुरा महिला समाज यूकेका अध्यक्ष रोमा दोर्धे दुरा, सल्लाहकारहरु मेजर राजु दुरा, गणेशबहादुर दुरा, ईमान सिंह दुरा, श्रीमती भिमकुमारी दुरा, पूर्वउपाध्यक्षहरु रामचन्द्र दुरा र रविनकुमार दुरा, समाजका बौद्धिक व्यक्त्तिहरु केशमाया दुरा, डाक्टर सिजन शोभा दुरा र डाक्टर ज्योति श्रेष्ठ, नेपालदेखि आएकी चिनीमाया दुरा थिए । समाजका ज्येष्ठ अभिभावकहरु रुद्रबहादुर दुरा, चित्रबहादुर दुरा, खड्कबहादुर दुरा, हस्तबहादुर दुरा, श्रीमती तोलामाया दुराहरुको उपस्थिति रहेको थियो ।

स्वास्थ्य तथा सुरक्षाको जानकारी र स्वागत मन्तव्ष समाजका उपाध्यक्ष यामबहादुर दुराले गरेका थिए । प्रमुख अथिति र कार्यक्रमका अध्यक्षबाट सहिद खजे दुराको तस्बिरमा खादा माला लगाई पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरिएको थियो । कार्यक्रममा नेपाली राष्ट्रिय गान, यूके राष्ट्रिय गान, आदिवासी गीत, विभिन्न ठाउँ र क्षेत्रमा सहादत प्राप्त गर्ने दुरा पुर्खालगायत सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु, नेपालमा २०८२ भदौ २३ र २४ गते सहादत जेन्जी भाइ, बहिनीहरु एवं यो वर्षभित्र दिवंगत भएका सम्पूर्ण दुरा बन्धुहरुको आत्माको शान्तिको कामना गर्दै एक मिनेट मौनधारणपश्चात्‌ स्वागत नृत्य प्रस्तुति भएको थियो ।

कार्यक्रममा दुरा महिला समाजका सचिव उमा दुरा, पूर्वउपाध्यक्ष रविनकुमार दुरा र उपाध्यक्ष धनबहादुर दुराको जीवनी र समाजलाई दिएको देनको मूल्यांकन गर्दै सल दोसल्ला ओढाएर मायाको चिनो र सम्मानपत्र का साथ विशेष सम्मान गरिएको थियो ।

त्यस्तै नेपालदेखि भिजिटमा आएकी अतिथि चिनीमाया दुरा र राष्ट्रिय कलाकार लोक तथा दोहोरी गायिका निर्जला गुरु लाई पनि सल र खादा ओढाएर मायाको चिनोका साथ सम्मान गरियो ।

उच्च शिक्षा हासिल गर्ने भाइबहिनीहरुलाई पनि सम्मानपत्रका साथ सम्मान गरिएको थियो । नयाँ विवाहित जोडीलाई फेटा र सल ओढाएर सम्मान गरिएको थियो भने यूके आएका नयाँ सदस्यहरु र यूकेमा प्रोपर्टी लिने सदस्यहरु तथा आर्मीमा प्रमोसन हुनेलाई पनि सम्मान गरिएको थियो ।

गायिका निर्जलाको जोडदार सांगीतिक प्रस्तुति र खानपिनपछि रातको ११ बजे कार्यक्रम समाप्त भएको थियो । कार्यक्रमको संचालन समाजका महासचिव इन्द्रजङ दुराले गरेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिकहरुसहित २०० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!