लण्डन SK — मर्दीखोला समाज यूकेको आयोजनामा आगामी २ मे २०२६ मा अल्डरशटस्थित एल्डरवुड लेजर सेन्टरमा वार्षिक भेटघाट तथा विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रममा चर्चित कलाकार सोनी कुँवर र निर्जला गुरुङले आफ्नो आकर्षक प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। उनीहरूले नेपाली परम्परागत तथा आधुनिक गीत–संगीत प्रस्तुत गर्नेछन्, साथै समाज को सदस्य हरु बाट अन्य सस्स्कृति कार्यक्रम पनि परस्तुती हुनेछ जसले कार्यक्रममा सहभागी दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली मौलिक संस्कृतिसँग थप जोड्ने विश्वास गरिएको छ।
सन् २००७ मा स्थापना भएको मर्दीखोला समाज यूकेले हरेक वर्ष आयोजना गर्दै आएको यस कार्यक्रममार्फत मर्दीखोला भेगका समुदायबीच आपसी सद्भाव, एकता तथा सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। आयोजकका अनुसार कार्यक्रम परिवारमैत्री हुने भएकाले सबैलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ।
कास्की जिल्लाको मर्दीखोला क्षेत्रबाट विभिन्न समयमा बेलायत आएर बसोबास गर्दै आएका नेपालीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा समाजका सदस्यहरूबाट विविध सांस्कृतिक प्रस्तुति पनि रहने जनाइएको छ।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि आयोजक भगवान गुरुङ र दीपक गुरुङलाई सम्पर्क गर्न सकिनेछ।
हाल समाजको नेतृत्व भगवान गुरुङले सम्हालिरहेका छन्। यसअघि क्या कृष्ण गुरुङ, हिरामान गुरुङ, धर्मराज गुरुङ र चन्द्रसिंह गुरुङले समाजको नेतृत्व गरिसकेका छन्।
यस कार्यक्रमले बेलायतमा रहेका नेपाली समुदायको सांस्कृतिक सक्रियता र योगदानलाई अझ सशक्त बनाउने विश्वास लिइएको छ।






