पोर्चुगल र दोहामा पनि बुद्धजयन्ती मनाइयो

SHARE:

लन्डन । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती युरोपेली मुलुक पोर्चुगलमा पनि मनाइएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको आयोजनामा शुक्रबार राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइएको हो ।

लिस्बनको आन्जोसस्थित जिनासियो क्लबको हलमा आयोजित कार्यक्रममा बौद्ध धर्म गुरुहरुद्वारा बुद्धको विशेष पूजा–आराधना गरिएको थियो भने सहभागीहरुलाई सामूहिक रुपमा ध्यान गराइएको थियो ।

सो अवसरमा बौद्ध धर्मगुरु फुरी शेर्पाले बुद्ध र बुद्धका ज्ञान, दर्शन र उपदेशलगायत विषयमा प्रवचन दिनुभएको थियो ।

बुद्धजयन्तीको शुभकामना व्यक्त गर्दै पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले मानवजातिका लागि बुद्धका ज्ञान र शिक्षाहरु अमूल्य रहेको बताउनुभयो । उहाँले बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई व्यावहारिक जीवनमा आत्मसात् गर्दै सत्कर्मको मार्गमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

विश्व शान्तिको कामना गर्दै बुद्धका शान्ति, करुणा र मैत्रीका सन्देशहरू फैलाउने तथा बुद्धको प्रचार–प्रसार गर्ने उद्देश्यले विशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाइएको महासङ्घका अध्यक्ष चोपकुमार रानामगरले बताउनुभयो । उहाँले बुद्ध जयन्तीलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी महानुभावहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।

पच्चीस सय सत्तरीऔँ बुद्धजयन्तीका अवसरमा कतारको राजधानी दोहास्थित नेपाली दूतावासमा शुक्रबार एक कार्यक्रम आयोजना गरी शान्तिका प्रवर्तक भगवान् गौतमबुद्धका उपदेशबारे विमर्श गरिएको छ ।

नेपाली दूतावास र गैरआवासीय नेपाली महासङ्घ राष्ट्रिय समन्वय परिषद्द्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राईले गौतमबुद्धले देखाउनुभएका अष्टाङ्गमार्ग र शीलको चर्चा गर्दै भौतिक शुद्धिसँगै मानसिक शुद्धि आवश्यक भएको बताउनुभयो ।

उक्त दूतावासका अनुसार लामा गुरु राकेश लो तामाङ, परिषद्का अध्यक्ष कृष्ण पन्थी, कतारस्थित नेपाली महिला समाजकी अध्यक्ष लोकमाया केसी, नेपाली आदिवासी जनजाति महासङ्घका अध्यक्ष राकेश श्रेष्ठलगायतले भगवान् बुद्धका उपदेशको पालनाबाट अलौकिक शान्ति प्राप्त हुने बताउनुभयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!