भूतपूर्व ब्रिटिश गोर्खा उत्तर गुरुङ काउन्सिलरमा निर्वाचित

SHARE:

लन्डन । भूतपूर्व ब्रिटिश गोर्खा उत्तर गुरुङ काउन्सिलरमा निर्वाचित भएका छन् ।

शुक्रबार सार्वजनिक मत परिणाम अनुसार लेबर पार्टीबाट उम्मेदवार बनेका गुरुङले ५५१ मतसहित अल्डरसटको वेलिङटन वार्डमा जित हासिल गरेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी रिफर्म यूकेका उम्मेदवार पाट्टरसन लिसाले ४५९ मत प्राप्त गरेका थिए । कन्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका डा. विशाल गुरुङले ३८९ मत प्राप्त गरेको रसमुर बरो काउन्सिलले जनाएको छ ।

बेलायतमा बिहीबार मे ७ मा स्थानीय निर्वाचन भएको हो । लेबर पार्टी अभियानमा सन् २००७ देखि नै जोडिएका गुरुङ सन् २०११ पछि सक्रिय बनेका हुन् । तमुधिं यूके ह्याम्पसायरमा १२ वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेका उनी ग्रेटर रसमोर नेपलिज कम्युनिटी (जिआरएनसी) का वर्तमान उपाध्यक्ष हुन् । बेलायत अल्डरसट निवासी उनले ब्रिटिश आर्मीमा १९ वर्ष सेवा गरेर अवकाश लिएका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!