लन्डन । तमु समाज यूकेले बेलायतको वेल्सस्थित प्रसिद्ध तीर्थस्थल स्कन्दभेलको दुई दिने भ्रमण सम्पन्न गरेको छ ।
ग्रीष्मकालीन भ्रमण २०२६ अन्तर्गत स्कन्दभेल वेल्सको भ्रमण यही मे ८ र ९ तारिखमा सम्पन्न गरिएको हो । तमु समाज यूकेकी अध्यक्ष विन्दु गुरुङले भ्रमणमा सहभागी सबैलाई धन्यवाद दिएकी छन् । ‘तमु समाज यूकेले आयोजना गरेको Scanda Vale ग्रीष्मकालीन भ्रमण ८-९ मे २०२६ कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण सदस्यज्यूहरू तथा दिदीबहिनीहरू दाजुभाइहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’अध्यक्ष गुरुङले फेसबुकमा लेखेकी छन्, ‘तपाईंहरूको सक्रिय सहभागिता, सहयोग र आत्मीय उपस्थितिले कार्यक्रमलाई अत्यन्त सफल, रमाइलो र स्मरणीय बनाउन ठूलो योगदान पुगेको छ। आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सहभागिताको अपेक्षा राख्दै पुन: सबैमा हार्दिक धन्यवाद ।’
तमु समाज युकेका निवर्तमान अध्यक्ष शिब कुमार गुरुङले तमु समाजका युकेका सदस्यहरूबीच आपसी भाइचारा सुदृढ गर्दै, आध्यात्मिक शान्ति र मनोरञ्जनका लागि स्कन्दभेलको दर्शन एवं प्राकृतिक अवलोकनको उद्देश्यले भ्रमण आयोजना गरिएको बताए । ।
तमु समाज युके र भ्रमण टोलीको तर्फबाट मन्दिर व्यवस्थापनलाई खाद्यान्न सामग्रीहरू दान गर्नेलगायत कार्यक्रम भएका थिए । भ्रमणको कुल खर्चको ५० प्रतिशत रकम नेसनल लोट्री कम्युनिटी फन्डबाट अनुदान स्वरूप प्राप्त भएको जनाइएको छ ।
भ्रमण संयोजक अध्यक्ष बिन्दु कुमारी गुरुङ घले र सहसंयोजक कोषाध्यक्ष चन्द्रकान्त गुरुङ रहेका थिए ।






