गोरखामा ‘तमु प्ये ताँ ल्हु ताँ छ्या ताँ’ सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

SHARE:

गोरखा । तमु प्ये ल्हु संघ जिल्ला समिति गोरखाको आयोजनामा अजिरकोट गाउँपालिका वडा नम्बर १ घ्याच्चोकमा तमु प्ये ताँ ल्हु ताँ छ्या ताँ सम्बन्धी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

२०८३ बैशाख २६ गते शनिबार उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । यसैक्रममा तमु प्ये ल्हु संघ गाउँ इकाई तदर्थ समिति घ्याच्चोक, गोरखा गठन गरिएको छ ।

नवगठित घ्याच्चोक इकाई तदर्थ समितिको अध्यक्षमा आशपुर तमु सर्वसम्मत चयन भएको छ भने उनको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समितिको फ्रेमिङ तय भएको छ । जसानुसार उपाध्यक्षमा दुर्गामान तमु, सचिवमा सुमिर तमु, कोषाध्यक्षमा माया तमु चयन भएको छ ।

यसैगरी सदस्यहरुमा सूर्य बहादुर तमु, सुरेश तमु, दल बहादुर तमु, मन बहादुर तमु, मेरमान तमु, काले तमु, सार्की तमु, करुणा तमु र सुनिता तमु चयन भएका छन् ।

तमु प्ये ल्हु संघ जिल्ला समिति गोरखाद्वारा आयोजित तमु प्ये ताँ ल्हु ताँ छ्या ताँ सम्बन्धी प्रशिक्षण कार्यक्रमका अध्यक्ष सूर्यबहादुर तमुको अध्यक्षता, प्रमुख आमन्त्रित व्यक्तित्व स्थानीय वडा अध्यक्ष मनोज तमुको प्रमुख आतिथ्यतामा र सचिव सिमा तमुको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैगरी विशिष्ट अतिथिमा तमु प्ये ल्हु संघ केन्द्रीय समितिका सल्लाहकार संयोजक हितकाजी टुक्ल्हेप्री तमु र विशेष अतिथिमा तमु प्ये ल्हु संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष एकजंग प्ल्हें तमु, सचिव बम बहादुर टुक्ल्हेप्री तमु र क्होला ट्हों धिं रामबजारका अध्यक्ष क्या. बुद्धि पाल्जे तमुको उपस्थिति रहेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!