मिडियम विजनेसमा फड्को मार्नुपर्ने चुनौती छ : युवा व्यवसायी मान गुरुङ

SHARE:

गोर्खा जिल्लाको शिरानचोक गाउँपालिका चिप्लेटी (ठोट्नेरी) पुख्र्यौली घर भई हाल बेलायतको फार्नबोरो परिवारसहित बस्दै आएका छन्, युवा व्यवसायी मान गुरुङ । अत्यन्त सरल स्वभावका गुरुङले लन्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट एमबिए र इन्टरनेसनल ह्युमल रिसोर्ससेज विषयमा एमए गरेका छन् । नेपालमा बीबीएसम्मको अध्ययन गरेका गुरुङले त्यहाँ पनि सन् २००१ देखि आईटीसम्बन्धी व्यवसाय सञ्चालन गरेका थिए । आप्mनो अध्ययन, नेपालको व्यावसायिक अनुभवकै कारण उनले सन् २०१३ मा माउसटेल वेभ सर्भिसेज र एभरेस्ट बिजनेस एक्सिलेटर नामक व्यवसाय सुरु गरी मुख्य रुपमा नेपालीहरुलाई सेवा प्रदान गर्दै आएका छन् । सामाजिक उद्यमी आजको आवश्यकताबारे बेलायतस्थित उद्यमी, संघसंस्था, व्यक्ति र व्यवसायीहरुलाई सल्लाह र सहयोग दिँदै आएका गुरुङसँग एभरेस्ट टाइम्सले गरेको छोटो कुराकानी ।

सन् २०१८ लाई व्यापार, सामाजिक संघ संस्थाको हिसाबले र कर्मभूमि बेलायत र नेपाललाई कसरी नियालीरहनुभएको छ ?
सन् २०१८ लाग्दा खेरी नै अन्तर्वार्तामार्फत मैले सार्वजनिक गरेको थिएँ, केलाई ध्यान दिने भनेर । त्यही घोषणाअनुसार २०१८ मा हेल्थमा फोकस भयौ । दौडमा १० किलोमिटर टार्गेट गरेकोमा पाँच किलोमिटरभन्दा बढी डेल्ली दौडान अथवा हिँड्ने बानी बसाल्यौं । त्यो एचिभमेन्ट हो ।
अर्को कुरा, विजनेस ग्रोथको हिसाबले यो वर्ष राम्रै भयो । गर्नुपर्ने त धेरै छ तर मान्छेलाई कति गरेर कति सन्तुष्टि लिने भन्ने कुरा आफैमा भरपर्छ । एक व्यवसायीको हिसाबले ठूलो स्केलमा लानका लागि गर्नुपर्ने धेरै नै छ । आगामी २०१९ लाई क्यारी फरवार्ड गर्नुपर्ने छ ।
नेपालीहरुले बेलायतमा गरिरहेको काम र पेसा, व्यवसायलाई कसरी मूल्यांकन गरिरहनुभएको छ ?
म ग्रेटर रसमुरमा करिब चार वर्षदेखि सक्रिय रुपमा काम गरिरहेको छु । त्यस्तै विभिन्न संस्थाहरुको स्थापनाकालमा पनि आबद्ध भएर दुःख गरेँ । जस्तो तमुधिं लन्डन शाखादेखि गोरखा जिल्ला गुरुङ समाजहरुमा पनि आबद्ध छु । यो संस्था नेपालतिर केन्द्रित छ ।
आफन्तहरु नेपालमा भएका वृद्धवृद्धा बेलायतमा हुनुहुन्छ । उहाँहरुलाई बेलायतमा सपोर्ट नभएको अवस्थामा निकै असजिलो रहेछ । त्यसकारण धेरै मद्दत चाहिने देखिएकाले गेटर रसमुरले सहयोग गरिरहेको छ । हुन त, अरु संस्थाले पनि त्यस्ता सहयोगको काम नगरेको होइन ।
दुईटा कम्पनीका साथै सामाजिक संस्थामा सक्रिय हुनुहुन्छ, संघसंस्था र विजनेसमा समय कसरी म्यानेज गरिरहनु भएको छ त ?
सोसियल र विजनेस दुइवटै गर्दा टाइम धेरै खाने रहेछ । उठेपछि एक्सरसाइज गर्ने, त्यसपछि काम सुरु गरिहाल्छु । बीच बीचमा सबै कुरा व्यालेन्स गर्नुपर्ने हुन्छ । आफूलाई पनि टाइम दिनुप¥यो । पढ्नु पनि परो, कामको डिमान्ड पनि आउँछ । हामीले जति इच्छा राख्यौं, त्यत्ति नै पढ्नु पर्ने ।
समय अभावले नै यी दुई संस्थाबाहेकका काम, जिम्मेवारी नलिने गर्छु । अझ यसैमा फोकस गरेर अन्य काम कम गर्ने योजनामा छु ।
तपाईका कम्पनीहरुले दिने सेवाबारे भनिदिनोस् न ?
मेरो प्रायः कामहरु माउस टेलबाट हुन्छ । यो आइटी कम्पनी हो । मस्टली डिजाइन, प्रिन्टहरु हुन्छ । ब्रान्डिङको कामहरु गर्छु । त्यसको साथसाथै एभरेस्ट विजनेस एसिलेटर छ, त्यसबाट कन्सल्ट्यान्ट, तालीमहरु दिने कामहरु भइरहेको छ ।
आगामी २०१९ मा विजनेसलाई अघि बढाउने योजना बनाउनु भएको छ ?
मान्छेको जीवन नै इन्भल्विङ हुँदै जाने रहेछ । गर्दै जाने, अनुभव बटुल्दै जाने । त्यसलाई सच्याउँदै जाने । कति कुराहरु सोचेजस्तो हुँदैन । त्यसलाई आफैंले रिफाइन गरेर के गर्दा ठीक हुन्छ भनेर अघि बढ्नुपर्छ । मुख्यकुरा सबभन्दा पहिले प्यासन पत्ता लगाउनुपर्ने रहेछ । त्यसपछि सजिलो हुँदोरहेछ । आफ्नो इफिसेन्सी बढ्दै जाने, मोटीभेटेड गर्नुपर्ने छँदैछ ।
अब मैले गर्नुपर्ने भनेको हेल्थलाई नै फोकस गरेर पावर एन्ड माइन्डसम्बन्धी कसरी ग्रोथ गर्न सकिन्छ । चुनौतीहरुलाई कसरी सामना गर्न सकिन्छ भन्ने हो । विजनेस इन्डिभिजुयलहरु, टार्गेटहरु छन् । लर्निङ एन्ड डेभलपमेन्टका कुरा छन् ।
अन्तमा, नेपाली संघसंस्थाका प्रतिनिधिहरु खाली नेपालकै पछि लागिरहेका हुन्छन् । उनीहरुले बेलायतको राजनीतिक, संस्कार संस्कृति सिक्नुपर्ने, इतिहास पढ्नुपर्नेजस्तो लाग्दैन ?
यो एनालाइसिस गर्नैपर्ने विषय थियो । म पनि ४० अराउन्डमा पुग्न लागिसकेँ । हाम्रा ५० वर्ष माथिका मानिसहरु नेपालसँग धेरै सम्बन्ध भएका छन् । कतिपय फोर्स गरेर नेपाली इभेन्टतिर गएका होलान् । कति त स्वतःस्फूर्त गएका हुन्छन् । नेपालसँग भावनात्मक सम्बन्ध भएर पनि आका होलान् । अब यो देशमा नै स्थायी रुपमा बसोबास गर्न थालेपछि, दीर्घकालसम्म जाने भएपछि यहाँका उमेर समूहअनुसार ३० वर्ष मुनिकाहरु यहाँको राजनीति, विभिन्न संघसंस्था, विजनेस ग्रुपलगायतमा संलग्न हुँदा राम्रो हुन्छ । हाम्रो चुनौती भनेको स्थानीय राजनीतिमा कसरी अगाडि बढ्ने, राष्ट्रिय पोलिटिक्समा जाने, यहाँका विजनेस अग्रनाइजेनमा जाने अथवा अरु विजनेस अग्रनाइजेसनसँग कम्पिटीसन गर्ने भयो भने भोलिका दिनमा हामी ठूल्ठूला विजनेसमा अगाडि बढ्न सक्छौं । अहिले प्रायः नेपाल ससाना विजनेसमा छन् । मिडियममा पनि जान सकिराखेका छैनन् । मिडियम विजनेसमा फड्को मार्नुपर्ने चुनौती त छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!