काठमाडौं । तामाङ समुदायको राष्ट्रिय साझा संस्था नेपाल तामाङ घेदुङको १० औं महाधिवेशन जेठ १-३ गते काठमाडौंमा हुँदैछ ।
‘तामाङ भाषा, धर्म, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि हाम्रो अभियान, तामाङ पहिचान, प्रतिनिधित्व र एकताका लागि घेदुङको दसौं महाधिवेशन’नाराका साथ महाधिवेशन हुन लागेको हो । महाधिवेशनले नीति, योजना पारित गर्दै नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष मोहन गोले तामाङले जानकारी दिएका छन् ।
महाधिवेशन स्वयम्भू स्टार बैंक्युट स्वयम्भू चोक काठमाडौंमा हुनेछ ।






