बेलायत आए ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हत

SHARE:

लन्डन । काठमाडौँस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हत बेलायतका विभिन्न स्थानमा ध्यान शिविर सन्चालन गर्न लन्डन आइपुगेका छन् ।

बिहीबार बिहान उनलाई हिथ्रो विमानस्थलमा युकेस्थित ओशो सन्न्यासीहरुले स्वागत गरेका थिए । स्वामी अर्हतले २२ मेदेखि २५ मेसम्म मूर् हल, मेडनहेडमा चार दिवसीय ध्यान शिविर संचालन गर्ने ओशो आनन्दबोधी ध्यान केन्द्रका संयोजक स्वामी ध्यान शंकरले बताए । उक्त शिविरमा सहभागी भै लाभान्वित हुन उनले सबै साधकहरुलाई आग्रह पनि गरे ।

शिविरमा सहभागी हुन इच्छुक मित्रहरुले स्वामी ध्यान शंकर तथा स्वामी भगीरथ योगीलाई सम्पर्क गरेर आफ्नो स्थान सुरक्षित गर्न आयोजकले आग्रह गरेका छन् ।

आफ्नो बेलायत बसाईका क्रममा स्वामी अर्हतले मे १६ तारिख (शनिबार) बिहान ९ बजे देखि २ बजे सम्म डार्टफोर्ड हिन्दु मन्दिरमा योग तथा ध्यान शिविर संचालन गर्ने छन्। उनले मे १७ तारिख (आइतबार) नर्थोल्ट कम्युनिटी हल, साउथ ह्यारोमा बिहान ९ बजे देखि ११ बजेसम्म योग तथा ध्यान सत्र संचालन गर्ने छन्। उक्त सत्र सबैका लागि खुला र निशुल्क रहेको आयोजक नेप्लिज ब्रिटिश कम्युनिटी युकेले जनाएको छ। त्यस्तै, उनले मे १८ तारिख (सोमबार) एभरेष्ट कुजिन साउथ हयाम्प्टनमा एक दिवसीय ध्यान शिविर संचालन गर्नेछन्।

संसारका बीसभन्दा बढी मुलुकमा ध्यान शिविरहरु सन्चालन गरीसकेका स्वामी अर्हतले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताए । “जब हामी व्यावसायिक जीवनमा लाग्छौं, जीवनको अनुभव सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ। तर आज हामी बढी आत्तिएको अवस्था छ, स्ट्रेसको अवस्था छ। त्यस्तो तनावलाई कम गर्ने ध्यानका विधिहरु सिकेर तपाईं घरमै पनि गर्न सक्नु हुन्छ,” स्वामी अर्हतले भने । “हाम्रा भावना वा विचारहरुबाट हाम्रो जीवन संचालित हुन्छ, ती विचारलाई कसरी सन्तुलित गर्ने? मित्रताको भावबाट आध्यात्मिक चेतसहित कसरी जिउने लगायतका विषयहरु हामी शिविरमा सिक्नेछौं।”

त्यस्तै ओशो आनन्दबोधी ध्यान केन्द्रका संयोजक स्वामी ध्यान शंकरले ध्यान शिविरमा सपरिवार सहभागी हुन सबै मित्रहरुलाई आग्रह गरे ।

ओशो तपोवनका संस्थापक बोधिसत्त्व स्वामी आनन्द अरुणका निकट सहयोगी स्वामी आनन्द अर्हतले गत १९ वर्षदेखि बेलायतमा ध्यान शिविरहरु सञ्चालन गर्दै आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!