लन्डन । बेलायतमा शनिबार पनि सुन प्रतितोला १ हजार ४३० कायम गरिएको छ ।
नेप्लिज ज्वेलर्स एसोसिएसन यूकेका अनुसार सुन तोलाको १४ सय ३० पाउन्ड र चाँदी ४० पाउन्डमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुन प्रतितोला १४ सय ३० पाउन्डमा कारोबार भएको थियो । चाँदी तोलाको पनि ४० पाउन्डमै कारोबार भएको थियो ।






