नर थाम्सुहाङ
लन्डन । बेलायतमा श्रम संस्कृति समाजको अन्तरिम समिति गठन गरिएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा राम ईजमको अध्यक्षतामा १६ मे २०२६ मा आयोजित सभाले मनोज पुनको संयोजकत्वमा समिति गठन गरेको हो । सहसंयोजक डा. महा राई, चन्द्रकला आवजुङ, अनिता राई, राम पोमु, सुरज राई, सचिव रुपेशकुमार काफ्ले, सहसचिव विश्वकाजी राई, कोषाध्यक्ष विर आले, सहकोषाध्यक्ष मनिकला राई गुरुङ चयन भएका छन् ।
सदस्यहरूमा गंगादेवी राई, नविन राई, सुदिन राई, सोनाम सेनेहाङ, पृथ्वी चोङ्बाङ, नारायण श्रेष्ठ, मोहन गुरुङ, प्रभा सुब्बा रोस, नर्बु लामा, दिल बिक्रम सम्बाहाङ्फे, सञ्चुना राई, मिलन राई, यमुना राई, एलिसा साम्पाङ, सन्तोष राई, दिनेश राई, ओम थापा, विशाल लिम्बु, मित्र सावा चयन भएका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य कृष्ण लिङ्देनले राखेका थिए । कार्यक्रमको बारेमा विस्तृत रूपमा सभाध्यक्ष राम ईजमले जानकारी गराएका थिए । श्रम संस्कृति समाज गठनको उद्देश्य र श्रम संस्कृति पार्टीसँगको अन्तरसम्बन्धबारे राम पोमु, डा. भिम पुन, मनोज पुन, विपना लिम्बु, मनिकला राई गुरुङ, महेश कुमार वनेम, तथा आमन्त्रित वक्ता भगवान चाम्लिङलगायत वक्ताले आफ्नो धारणा राखेका थिए ।
सभामा व्यापक छलफलपश्चात् नयाँ कार्यसमितिलाई चार बुँदे अख्तियारी नामा (म्यान्डेट) पारित गराइयो । अन्तरिम समिति गठनको प्रक्रिया सुरु गरी तोकिएको पदमा उम्मेदवारी माग गर्दा कसैले पनि उम्मेदवारी नदिएपछि गठन पहल समितिले प्रस्ताव पेस गरेको थियो । प्रस्तावित पदहरूमा सभाले सर्वसम्मतिले पारित गर्दै निर्विरोध निर्वाचित गराएको छ ।
निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सभाध्यक्ष राम ईजमले बधाई तथा शुभकामना दिएका थिए । उनले ऐतिहासिक कार्यक्रमलाई सफल बनाउन भूमिका खेल्ने अग्रज बुद्धिजीवी, आर्थिक तथा नैतिक रूपले सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रमको सञ्चालन गठन पहल समितिका सचिव नर थाम्सुहाङले गरेका थिए ।
सभामा श्रम संस्कृति पार्टीप्रति आस्था र विश्वास राख्ने बुद्धिजीवी, समाजसेवी, अग्रज श्रमदाता तथा आर्थिक दाताहरूको भव्य उपस्थिति रहेको थियो।






