लन्डन । तमु धीं यूके आमा समूहकी निवर्तमान महासचिव यशोदा गुरुङले संस्थालाई मफलर उपहार प्रदान गरेकी छन् ।
विगतमा पनि संस्थालाई विभिन्न सहयोग गर्दै आएकी यशोदाले आइतबार मिचेटस्थित तमु धीं भवनमा आयोजित गोर्खा कपबारेको पत्रकार सम्मेलनमा ४० वटा मफलर सहयोग गरेकी हुन् । मफलर अध्यक्ष कमलादेवी गुरुङ,महासचिव शान्ता गुरुङ र संस्थापक अध्यक्ष एवं एनआरएनए यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङले ग्रहण गरेका थिए ।
सोही अवसरमा अध्यक्ष कमलादेवी,महासचिव शान्ता र संस्थापक अध्यक्ष पुनमलाई यशोदाले मफलर लगाइदिएकी थिइन् भने अध्यक्ष कमलादेवीले यशोदालाई लगाइदिएकि थिइन् ।
यशोदाले गोर्खा कपमा आमा समूहले सञ्चालन गर्ने च्यारिटी ब्यानर पनि हस्तान्तरण गरेकी थिइन् ।
यशोदाले गत वर्षको गोर्खाकपमा टी-सर्ट र क्याप सहयोग गरेकी थिइन् । सहयोग र मायाका लागि आमा समूहकी निवर्तमान महासचिव यशोदालाई तमु धीं यूकेको तर्फबाट महासचिव डा. विशाल गुरुङ धन्यवाद दिएका थिए ।
गलामा लगाइने मफलर प्रायः जाडोबाट बच्न वा सजिनका लागि प्रयोग हुन्छ ।








